तामाङ संस्कृतिमा चारदाम



तामाङ जातिको लोपोन्मुख भाषा, लिपि, भेषभूषा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यसहित निर्माणाधीन फिल्म चारदामको शुभ मुहूर्त गरिएको छ।

हालै इटहरीको जनता बस्तीमा अवस्थित टासी छोइलिङ गुम्बामा एक औपचारिक कार्यक्रमका बीच फिल्मको शुभमुहूर्त गरिएको हो। कोशी भिजनको ब्यानरमा निर्माण गरिने चारदाममा लाखमान योञ्जन तामाङको लेखन र निर्देशन रहनेछ भने सुवास योञ्जन तामाङ, सुकुमाया मोक्तान तामाङ, मदन राई, मोहन लोप्चन तामाङ, शान्ति पाख्रिन तामाङ, पूर्ण लिम्बू, बालकलाकार सुम्निमा योञ्जन तामाङ, डम्बर किमारी मेन्याङ्बो र मेनुका राईलगायत कलाकारले अभिनय गर्नेछन्। मैना घिसिङ, मदन राई र मोहन लोप्चन तामाङले निर्माण गर्ने फिल्म भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायांकन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्