६ महिनादेखि लिभिङ टुगेदरमा बसेका युवकले गरे युवतीको हत्या



काठमाडौं ।
काठमाडौंको ठमेलमा एक युवतीको हत्या भएको छ। चितवनको राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।

उनीमाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले काभ्रे धुलिखेल नगरपालिका-१० घर भई भगवती बहालमा डेरामा बस्ने ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ। रञ्जितकारले मधिरा सेवन गरेका थिए। मंगलबार दिउँसो उनीहरूबीच विवाद भएर झगडा भएको थियो।

उनीहरू काठमाडौं महानगरपालिका-२६ ठमेल भगवती बहालमा डेरा लिएर ६ महिनादेखि लिभिङ टुगेदर गरी बसेकाे एसपी रिजालले जानकारी दिए  । प्रहरीले घटनामा संलग्न रञ्जितकारलाई पक्राउ गरी उनीमाथि प्रहरी वृत्त सोह्रखुट्टेले अनुसन्धान अघि बढाएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्