३ संगीतकर्मीलाई प्रेमध्वज सम्मान र पुरस्कार प्रदान गरिने



गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले पहिलोपटक अमर गायक प्रेमध्वज प्रधानको ंस्मरणमा गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ।

प्रतिष्ठानले मखमली स्वरका धनी प्रेमध्वज प्रधानको ८७औैं जन्मजयन्तिको अवसरमा नेपाली सुगम संंगीत क्षेत्रमा अमूल्य योगदान पु¥याएका संगीतकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गर्न लागेको हो। सो अवसरमा आगामी शनिबार राजधानीमा हुने कार्यक्रमका बीच तीन भिन्न विधाका संगीतकर्मीलाई सम्मान र पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ।

ललितपुरको हिमालय होटलमा हुने कार्यक्रममा गीतकार किरण खरेललाई प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय संगीत सम्मान प्रदान गरिने भएको छ। त्यसै गरी, सितार वादक तारावीर सिंह तुलाधरलाई प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय वाद्यवादन सम्मान प्रदान गरिने भएको छ भने गायिका मिलन नेवारलाई प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय युवा संगीत पुरस्कार प्रदान गरिने भएको छ।

कार्यक्रम गायक उदेस श्रेष्ठका साथमा सांगीतिक समूहबाट प्रेमध्वजका कालजयी गीत संगीतबाट अघि बढ्ने प्रतिष्ठानले जनाएको छ। प्रेमध्वज प्रधानको जन्मदिनको अवसरमा प्रतिष्ठानले पहिलोपटक सम्मान तथा पुरस्कार कार्यक्रम आयोजना गर्न लागेको हो।

कार्यक्रममा तीन फरक विधामा सम्मान गर्नेछौ। नेपाली संगीत क्षेत्रका व्यक्तित्वका साथमा वाद्यवादन कलाकारको सम्मान हुनुपर्छ भन्नेमा सधैं जोड दिनुहुने प्रेमध्वज प्रधानको इच्छाबमोजिम वाद्यवादन सम्मान पनि समावेश गरिएको छ, प्रतिष्ठानका उपाध्यक्ष प्रशन्नध्वज प्रधानले भने।

प्रतिक्रिया दिनुहोस्