आलिया घोकेर बोलेपछि ट्रोलको शिकार



बलिउड अभिनेत्री आलिया भट्ट महिला सशक्तीकरणको विषयमा बोलेको विषयले ट्रोल भएकी छन्।

हालै अन्तर्राष्ट्रिय फेशन ब्रान्ड गुचीको ब्रान्ड एम्बेस्डर घोषित भएकी उनले ब्राण्ड एम्बेसडर घोषणा कार्यक्रमका क्रममा महिला शसक्तीकरण तथा लैगिक समानताका बारेमा बोल्ने क्रममा कुनै स्क्रिप्ट पढेको जसरी कण्ठ गरेर बोलेको भन्दै उनको भिडियोलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रोल बनाएका हुन्। उनले गुचीले दक्षिण कोरियामा आयोजना गरेको गुचीको फेसन शोमा ¥याम्पवाकसमेत गरेकी थिइन्।

‘यदि, एक महिला सशक्त भइन् भने उनी उत्पादन शील हुनेछिन् र एक उत्पादनशील महिला आफ्नो बच्चा, परिवार, समाज र देशकै लागि उत्पानदशील हुन्छिन्, जसले महिलासँग जोडिएका सबै मानिसमा प्रभाव पर्छ, भिडियोमा उनले भनेकी छन्।

हुन त आलियाले महिला सशक्तीकरणबारे राम्रै कुरा बोलेकी थिइन्। तर उक्त भिडियो सामाजिक सञ्जालमा फैलिएपछि भने उनको भनाइ घोकन्ते शैलीको भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्रोल बनाएका हुन्।

प्रतिक्रिया दिनुहोस्