परस्त्रीको हिन्दीगीत सार्वजनिक



नेपालीसँगै हिन्दी भाषामा डबिङ गरेर देश बाहिरसमेत रिलिज गरिने फिल्म परस्त्रीको हिन्दी डब गीत रिलिज गरिएको छ।

आगामीअसार १५ गते रिलिजमा आउने फिल्मको होनाथाजो होने लगा बोलको गीत रिलिज गरिएको हो। बीफोरयू म्युजिकबाट हिन्दी डब रिलिज गरिएको हो। हिन्दी भर्सन गीत अमितमिश्र र सोनल प्रधानले गाएका छन्। केके ब्रदर्सले संगीत दिएको गीतको हिन्दी भर्सनको शब्द रचना विनित त्रिपाठीले गरेका हुन्। फिल्मका दुई मुख्य कलाकार गौरव विष्ट र शिल्पा मास्केलाई फिचर्ड गरिएको गीतको अडियो उत्कृष्ट बनेको छ। नेपाली र हिन्दी भाषामा रिलिज हुने फिल्मको सार्वजनिक गीतमा वाइल्ड रिपर्जको कोरियोग्राफी छ।

बिहेपछिको सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथा वस्तुमा निर्माण भएको फिल्म सुरज पाण्डेको डेब्यु निर्देशन निर्माणाधीन छन्। गौरव र शिल्पाका साथमा कोशिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेले अभिनय गरेको फिल्ममा डीएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन्। खनालको रहेको फिल्ममा निरज कँडेलको छायांकन रहेको छ। फिल्मको हाल भारतको मुम्बईमा प्राविधिक कार्य भइरहेको छ। फिल्मको प्राविधिककाम र रिलिजको चाँजो पाँजो मिलाउन निर्देशक सुरज पाण्डे र निर्मात्री शर्मिला पाण्डे हाल मुम्बईमा छन्।

प्रतिक्रिया दिनुहोस्