माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु



धनगढी।

कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ९ वनखेतकी ३४ वर्षीया रंगादेवी बेहराको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो। उनी मंगलवार बिहान माटोको ढिस्कोमा पुरिएर घाइते भएकी थिइन् ।

शिवशंकर सामुदायिक वनमा माटोको ढिस्कोमा पुरिएकी बोहराको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्