युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट मिति तय



काठमाडौं । 

 युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँट मिति तय भएको छ ।  बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार लघुवित्तको एफपीओ बिहीबार बिहान ९ बजे बिक्री प्रबन्धकै कार्यालयमा बाँडफाँट हुनेछ ।

लघुवित्तले जेठ ११ गतेदेखि जेठ १७ गतेसम्म एफपिओ निष्कासन गरेको थियो । कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता शेयर निष्काशन गरेको हो । अन्तिम दिनसम्म उक्त एफपीओमा १४ लाख ४ हजार ७ जनाको आवेदन परेको थियो । यो माग भन्दा ४२.९६ गुणा बढी हो ।

मागभन्दा बढी आवेदन परेको हुनाले एफपीओ गोलाप्रथामार्फत बाँडफाँट हुनेछ । एफपीओ ३७ हजार ९४२ जनाले १०–१० कित्ताका दरले पाउनेछन्, भने बाँकी १३ लाख ६९ हजार ६५ जनाको हात खाली हुनेछ ।

प्रतिक्रिया दिनुहोस्