डिजाइनर नै मोडल बनेर उत्रिए र्याम्पमा



राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार अबेर राति सम्पन्न ड्रेस टु इम्प्रेस सिजन–८ मा आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनकी अञ्जुमान बानो बेस्ट आउट अफ वस्ट थिममा उत्कृष्ट डिजाइनर बनेकी छन्।

फेसन डिजाइनिध्रसम्बन्धी ६ महिने कोर्ष पूरा गरेका एक सय ३३ जना डिजाइनरबीच भएको प्रतिस्पर्धामा चारजना उत्कृष्ट डिजाइनर छनोट गरिएको हो। आयोजकले प्रतिस्पर्धीलाई दिएको चार थिममध्ये अञ्जुमान बानो बेस्ट आउट अफ बेस्ट थिममा उत्कृष्ट डिजाइनर भएकी हुन्। त्यसैगरी, फाइभ सिजन थिममा ममता राई उत्कृष्ट भइन् भने फाइभ इलिमेन्टमा करुणा अर्याल उत्कृष्ट सिर्जना पस्कदै विजेता घोषित भइन्। त्यस्तै, बोल्ड एक्सेसरिज थिममा दमायन्ती अधिकारीले तयार पारेको पहिरन उत्कृष्ट भयो। कार्यक्रममा विजेताहरुलाई जनही १५ हजार नगद तथा बज्र फिटनेस र केज फिटनेसको तर्पmबाट गिप्mट ह्याम्पर प्रदान गरिएको थियो। डिजाइनरका विद्यार्थीबीच हुँदै आएका ड्रेस टु इम्प्रेसमा सदाझै यसपटक पनि समूहगत प्रतिस्पर्धा भएको थियो। डिजाइनिङ र मोडलिङको संयोजन गर्न आईआईएफटीले ड्रेस टु इम्प्रेस आयोजना गर्दै आएको आईआईएफटीका प्रबन्धक निर्देशक फुपु तेन्जिङ शेर्पाले बताए। विद्यार्थीको क्षमता अभिवृद्धिका लागि डिजाइनिङ प्रतिस्पर्धा डझेस टु इम्प्रेस सुरुवात गरिएको शेर्पाले बताए। प्रतिस्पर्धामा डिजाइनरहरु आफैंले तयार पारेको पहिरनमा प्रस्तुत हुने गरेका छन्।

फोटो पत्रकार एवं गीतकार हरि गोपाल प्रधानको सभापतित्व तथा काठमाडौं युनिभर्सिटीका भ्वाइस चान्सलर डा. भोला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न ड्रेस टु इम्प्रेस सिजन–८ मा कोरियोग्राफर तथा कलाकार प्रशान्त ताम्राकार, निभा श्रेष्ठ, महेश महर्जन, रमिला नेमकुल, रिया महर्जन, निशा श्रेष्ठ, पूर्व मिस नेपाल जेनिशा मोक्तान, उद्यमी कृष्णराज तिमल्सिना र रुपेश प्रधान निर्णायक रहेका थिए।

काठमाडौंको बागबजारस्थित बागबजार प्लाजा, कमलादीस्थित हेरिटेज प्लाजा र ललितपुरको कुमारी पाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङसँगै इन्टेरियर कोर्ष अध्यापन गराउँदै आएको छ। आईआईआएफटीबाट हालसम्म हजारौंको संख्यामा फेसन डिजाइनर उत्पादन भइसकेको शेर्पाको जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्