मदनकृष्णको आँखाको शल्यक्रिया सम्पन्न



ख्यातिप्राप्त हास्यव्यग्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरिएको छ।

अभिनेता श्रेष्ठको दाहिने आँखाको मोतीविन्दुको शल्यक्रिया गरिएको हो। सोमबार तिलगंगास्थित तिलगंगा आँखा प्रतिष्ठानमा डा. सन्दुक रुइत, डा. रीता गुरुङ र डा.गोविन्द पौड्याल लगायतको समूहले उनको दाहिने आँखाको शल्यक्रिया गरिएको हो। शल्यक्रियामा प्रतिष्ठानमै उत्पादित आँखाको शल्यक्रियापछि राखिने इन्टझाकुलर लेन्स राखिएको छ।

मदनकृष्ण वृद्ध उमेरमा विभिन्न रोग बोकेर पनि जवान जोशका साथ कला र संगीत क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनलाई २०७८ सालमा कोरोना संक्रमण भएको थियो भने गंगालाल अस्पतालमा उनको मुटुको एन्जियोप्लास्टी गरिएको थियो। उनी पार्किसन्स, उच्च रक्तचाप लगायतका विभिन्न रोगका बीच आप्mना प्रतिभा प्रदर्शन गर्दै आई प्रशंसित छन्।

यो अवस्थामा पनि उनले विभिन्न गीत गाउँदै आएका छन् फिल्म र विज्ञापन फिल्ममा पनि त्यत्तिकै व्यस्त छन्। पछिल्लो समय उनका शत्रु गते, महापुरुषजस्ता फिल्म तथा विभिन्न म्युजिक भिडियोमा हिट छन् भने विभिन्न कार्यक्रम तथा क्रियाकलापमा समेत उत्तिकै सक्रिय रहँदै आएका छन्। पछिल्लोपटक उनी हास्य कलाकार किरण केसी राता मकैको नेवारी भाषाको गीत छन्त खं सा निसे बोलको गीतमा शब्द संगीत तथा अभिनयका साथ प्रस्तुत भएका थिए।

प्रतिक्रिया दिनुहोस्