स्वीडेनले सेक्स च्याम्पियनशीप प्रतियोगिता गर्ने



स्टोकहोम, एजेन्सी।

युरोपेली मुलुक स्विडेनले यौन सम्पर्कलाई पनि खेलको सूचीमा समावेश गरेपछि सेक्स प्रतियोगिता गर्ने भएको छ ।

स्विडेनमा सेक्सलाई खेलको मान्यता दिइएपछि स्विडिस सेक्स खेल महासंघ पनि गठन गरिएको छ । यो महासंघले ८ जून अर्थात् आगामी बिहीबारभन्दा अगाडि नै पहिलोपटक युरोपियन सेक्स च्याम्पियनसीप प्रतियोगिताको आयोजना गर्ने भएको छ । स्विडिस सेक्स फेडरेसनको सो सेक्स च्याम्पियनशीप प्रतियोगिता केही हप्तासम्म चल्नेछ । यसमा सहभागी प्रतिस्पर्धीहरुले हरेक दिन ६ घण्टाका लागि प्रतिस्पर्धा गर्नुपर्ने बताइएको छ ।

यौन प्रतियोगितामा भाग लिने व्यक्तिहरू यौनसत्रमा संलग्न हुनेछन् । निर्णायकको प्यानल र दर्शकको भोटको आधारमा यौन प्रतियोगिताका विजेताहरू छानिनेछन् । ६ हप्तासम्म चल्ने युरोपियन सेक्स च्याम्पियनसिपमा सहभागीहरूले आफ्नो खेलअवधिको आधारमा दैनिक ४५ मिनेटदेखि एक घण्टासम्म यौन क्रियाकलापमा संलग्न हुनेछन् । जोडीबीचको केमेस्ट्री, सेक्सबारेको ज्ञान, सहनशीलताको स्तर आदिलाई ध्यानमा राखेर विजेताको अन्तिम निर्णय गरिने बताइएको छ ।

विशेष गरी सेक्स र कामुकतासम्बन्धी संस्कृत शास्त्र ‘कामसूत्र’ को ज्ञानले पनि निर्णय लिन भूमिका खेल्ने बताइएको छ । सहभागीहरूले ‘कामसूत्र’ सम्बन्धी ज्ञानको आधारमा पनि अंक प्राप्त गर्नेछन् । यसबाहेक च्याम्पियनशिपले विभिन्न किसिमका सेक्सुअल ओरिएन्टेसनलाई समेत समावेश गरेको छ ।

तीनजना निर्णायक मण्डल तथा दर्शकहरुको भोटको आधारमा विजेता छनोट गरिनेछ । प्रत्येक विषयमा ५ देखि १० को बीचमा अंक प्रदान गरिनेछ । विभिन्न १६ वटा विधामा प्रतिस्पर्धा हुनेछ । जसमा बडी मसाजसम्मका क्रियाकलाप पनि सामेल गरिने बताइएको छ । हालसम्म यो प्रतियोगितामा सहभागिता जनाउनका लागि युरोपका विभिन्न २० देशबाट मानिसहरुले आवेदन दिइसकेको बताइएको छ । युरोपेली सेक्स च्याम्पियनसीपले विविधतालाई महत्व दिने र कुनै पनि लिंगका व्यक्ति प्रतियोगितामा भाग लिनसक्ने जनाएको छ ।

आयोजकहरुका अनुसार सेक्सुअल ओरिन्टेसन अर्थात् यौन आकर्षणले यो खेलमा एक रणनीतिक भूमिका निर्वाह गर्न सक्दछ । आयोजकले भनेको छ– खेल रणनीतिको हिस्साको रुपमा सेक्सुअल ओरिएन्टेसनको महत्वपूर्ण विकास युरोपेली देशहरुका बीचमा हुनेछ ।

स्विडिस फेडेरेसन अफ सेक्सका अध्यक्षले एउटा खेलको रुपमा सेक्सलाई मान्यता दिनु अत्यावश्यक रहेको बताएका छन् । उनले यौनिक क्रियाकलापको माध्यमबाट शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधारका सम्भावनाहरुको बारेमा पनि चर्चा गरेका छन् । उनका अनुसार कुनैपनि अन्य खेलकुदमा जस्तै सेक्समा पनि जित्नका लागि तालिमको आवश्यकता पर्दछ । त्यसैले मानिसहरुका लागि यो विधामा पनि प्रतिस्पर्धा गराउनु पर्ने उनले जिकिर गरेका छन् ।

यौन प्रतियोगिताको आयोजक स्विडिस सेक्स फेडरेसनले युरोपेली देशमा यो महत्वपूर्ण नयाँ सुरुआत हुने विश्वास व्यक्त गरेको छ । यो निर्णयको कतिपयले आलोचना गरेका छन् भने कति मौन छन् ।

प्रतिक्रिया दिनुहोस्