२५ औँ वार्षिकोत्सवको अवसरमा कलंकी मन्दिर परिसरमा रक्तदान कार्यक्रम 



काठमाडौँ ।

कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाले कलंकी मन्दिर परिसरमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सञ्चालित उक्त रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका थिए ।

सो संस्था स्थापना भएको २५ औँ वार्षिकोत्सवको अवसरमा  रक्तदान कार्यक्रम आयोजना गरिएको  कार्यक्रमका संयोजक सुन्दर थापाले जानकारी दिनुभयो ।

रजतजयन्तीको अवसरमा वर्ष भरी नै विभिन्न कार्यक्रम आयोजना गर्ने पूर्व निर्धारित कार्यक्रम अन्तगत रक्तदान कार्यक्रमको आयोजना गरेको स्थानीय समाजसेवी सुरेश रायमाझीले जानकारी दिनुभयो ।

उक्त संस्था २०५४ कात्तिक २५ गते  विधिवत् रूपमा दर्ता भएको थियो । २०७९ फागुन २९ गते मन्दिरमा विशेष पूजा गरी रजत जयन्ती महोत्सव सुरु गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्