विद्यालको शौचालयमा विष पिएर जलिरहेको अवस्थामा भेटिए लेखापाल



काठमाडाैं ।

मोरङको सुन्दरहरैचा नगरपालिका-२ स्थित श्री माध्यमिक विद्यालयका कर्मचारी विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार आज बिहान विद्यालयका लेखापाल ४० वर्षीय मनिल ढकाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका हुन्।

बिहान करिब सात बजे शौचालयबाट उनी चिच्याएको सुनेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शौचालयमा विषको बोत्तल पनि भेटिएको डिएसपी दाहाले बताए ।  घटनाबारे अनुसन्धान भइरहेको डिएसपी दाहालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्