महिला टि–२० : आज नेपाल मलेसियासँग चौथो खेल खेल्दै



काठमाडौं ।

आज नेपाल र मलेसियासँग महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेल खेल्दैछ । आज हुने चौथो खेल बिहान ११ बजे, वाइसडी, युकेम अाेभल, मलेसियामा सुरु हुनेछ ।

हालसम्म भएका तीन खेल मध्ये दुई खेलमा जीत हासिल गरेको नेपाल नेपाल २–१ ले अगाडि छ । आजको खेलमा पनि जीत हासिल गरेमा नेपालले अर्को खेल अगावै यस श्रृखंलाको जीत हासिल गर्नेछ ।

नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो दोस्रो र तेस्रो खेलमा जीत हासिल गरेको थियो । जसअनुसार दोस्रो खेलमा ७ विकेटले र तेस्रो खेलमा २७ रनले विजयी भएको नेपाल एक खेल अगाबै जीत हासिल गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ ।

प्रतिक्रिया दिनुहोस्