रुपन्देहीमा लोकतान्त्रिक साना होटल व्यवसायी संघ गठन



बुटवल ।   

रुपन्देहीमा नेपाल लोकतान्त्रिक साना होटेल व्यवसायी संघ गठन गरिएको छ । काँग्रेस निकटका जिल्लाका होटेल व्यवसायीहरुको शुक्रबार बुटवलमा भएको भेलाले शिवराज पोखरेल संयोजक रहेको ११ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा कृष्णप्रसाद पाण्डे र मीना बस्याल, सचिवमा रुपा भण्डारी र नवराज गौतम, कोषाध्यक्षमा ज्ञानप्रसाद खनाल, सहसचिवमा कृष्णप्रसाद गैरे र सह कोषाध्यक्षमा जनक पाण्डेलाई चयन गरिएको छ ।

 त्यस्तै सदस्यहरूमा जय कँडेल, सन्तोष खड्का, अर्जुन भण्डारी, लक्ष्मण अर्याल र तुलसी चौधरी रहनु भएको छ । भेलाले केन्द्रीय प्रतिनिधिमा अर्जुन पोखरेल र प्रदेश प्रतिनिधिमा थमन भण्डारीलाई चयन गरेको छ ।

 कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका उपसभापति तथा सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले काँग्रेस निकटका व्यवसायीहरु बिच आपसी सद्भाव बढाउन र एकताको सुत्रमा बाँध्ने काममा संस्थाले भूमिका खेल्न आग्रह गर्नुभयो । अहिले आर्थिक मन्दीका कारण धेरै व्यवसायी निराश भइरहेको अवस्थामा उनीहरुको व्यवसाय कसरी बचाउन सकिन्छ त्यसमा पनि भूमिका खेल्न आग्रह गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष पोखरेलले प्रक्रिया पुरा गरेर जिल्ला अधिवेशन गर्ने र त्यसमा जिल्लाको सबै क्षेत्रलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कवीन्द्र नेपाल, होटेल व्यवसायी कृष्ण पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्