फ्यानको बेवास्ता गरेपछि करिनाको आलोचना



बलिउड अभिनेत्री करिना कपुरले आफ्नो फ्यानमाथि नराम्रो व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको आलोचना गरेका छन्।

यति बेला सामाजिक सञ्जालमा करिनाको एक भिडियो भाइरल बनेको छ। जसमा हालै मुम्बई एयरपोर्टबाट बाहिर निस्किँदै गरेकी करिनाका साथ एक महिलाले सेल्फी खिच्ने कोशिस गर्छिन्। उनी एक सेल्फी फोटोका लागि करिनाको पछिपछि लाग्दै नजिकै जान्छिन्। तर, ती फ्यानलाई करिनाले बेवास्ता गर्दै सरासर त्यहाँबाट बाहिरिन्छिन्।

उनीसँग सेल्फी खिच्नका लागि मरिहत्ते गर्ने उक्त महिला करिनाको व्यवहारदेखि निराश हुँदै फर्किन्छिन्। यो भिडियो सामाजिक सञ्जालमा अपलोड भएपछि कयौं मानिसहरु करिनाप्रति आक्रोशित भएका छन्। फ्यान बिना सेलिब्रेटीको मूल्य नरहने भन्दै धेरैले करिनालाई कठोर मन भएकी सेलिब्रेटी भन्दै उनीमाथि सामाजिक सञ्जालको माध्ययमबाट आक्रोश पोखेका छन्। कामको कुरा गर्दा करिना आफ्नो आगामी फिल्म द क्रुरलाई लिएर चर्चामा छिन्।

प्रतिक्रिया दिनुहोस्