मिस मगरको ट्यालेन्ट



मिस मगर इन्टरनेसनलको पहिलो सिजनको ट्यालेन्ट राउन्ड हालै सम्पन्न भएको छ।

कार्यक्रममा १२ प्रतियोगीतले आफूभित्र अन्तर्निहीत प्रतिभा प्रदर्शन गरेका थिए। सहभागीहरुले नृत्य, अभिनय, गीत गायन, कविता तथा गजल वाचनलगायतका प्रतिभा प्रदर्शन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रीय उपमहासचिव मगर महिला उद्यमी चन्द्रज्योति आले मगरले उत्कृष्ट १२ प्रतियोगीलाई शुभकामना दिँदै मिस मगर इन्टरनेसनलले मगर समुदायमा रहेका युवतीको व्यक्तित्व विकासमा ठूलो मद्दत गर्ने चर्चा गरिन्।

मिस मंगोल २०१२ की विजेता सपना रोका मगरले सञ्चालन गरेको कार्यक्रममा आयोजक संस्था सुनगाभा नेपालका महासचिव नायक तथा गायक रमेश बाबु थापा मगरले स्वागत मन्तव्य व्यक्त गर्दै मिस मगर इन्टरनेसनलले मगर समुदायका युवतीको व्यक्तित्व विकास गर्ने चर्चा गरे।

निर्णायक समितिका संयोजक राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान उपत्यका समितिका अध्यक्ष गायक तथा भिडियो निर्देशक अर्जुन थापा मगरले उत्कृष्ट १२ बीच फाइनल हुने जानकारी गराए। उनले आगामी जेठ २७ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा फाइनल प्रतिस्पर्धा हुने जानकारी गराए। अर्जुनसँगै मगर फिल्म निर्देशक सन्तोष पिठाकोटे मगर, मिस मंगोल २०१९ की फस्ट रनर्सअप रेनुका पुन मगर निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्