ग्रामीण महोत्सव भकुण्डेबेसीमा



सेलिब्रेटी नेपालको आयोजनामा दोस्रो संस्करणको नेपाल ग्रामीण चलचित्र महोत्सव काभ्रेपलाञ्चोकको भकुण्डेबेसीमा हुने भएको छ।

आयोजकले काभ्रेको बनेपामा पत्रकार सम्मेलन गरी जेठ २५ देखि २७ गतेसम्म महोत्सव गरिने सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी गराए। महोत्सवमा २६ फिल्म सहभागी हुने तथा गाउँले परिवेशमा बनेका स्वदेशी फिचर तथा लघु फिल्म, डकुमेन्टझी तथा भाषाभाषीका फिल्म स्क्रिनिध्र हुने उनले जानकारी गराए। महोत्सवमा उत्कृष्ट हुने फिल्मलाई अवार्डसमेत प्रदान गरिनेछ।

ञदर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु, नियमित नेपाली फिल्म हेर्ने बानी बसाल्नु, स्थानीय भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो। अघिल्लो पटकको भन्दा यो संस्करण थप बृहत् र व्यवस्थित हुनेछु सापकोटाले भने।

प्रतिक्रिया दिनुहोस्