असारमा पिम फेस्टिभल



आगामी असार १३ देखि १५ गतेसम्म राजधानीमा पाँचौं संस्करणको पिम नेपाल चलचित्र महोत्सव हुने भएको छ।

महोत्सवमा नेपालमा बोलिने विभिन्न भाषामा बनेका फिल्म, वृत्तचित्र र लघु फिल्मले सहभागिता जनाउन सक्नेछन्। महोत्सवमा नेपाली फिल्म एवं विभिन्न भाषाभाषीका फिल्मतर्फ निर्देशक, लेखक, नायक÷नायिका लगायतका विधामा प्रतिस्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष माधवराज खरेलले जानकरी गराए। उनका अनुसार वृत्तचित्रतर्फ पर्यटन, मानवअधिकार, सामाजिक उत्तरदायित्व लगायतका विषयमा प्रतिस्पर्धा हुनेछ। जसमा निर्देशक, लेखक, स्वरांकन, छायाँकारलगायत विधा रहनेछन्। त्यस्तै, लघु फिल्मतर्फ निर्देशक, नायक÷नायिका विधाको प्रतिस्पर्धा हुने र विजेतालाई अवार्डसमेत प्रदान गरिने छ।

प्रतिक्रिया दिनुहोस्