कल्पनामा डुब्न सजिलो तर वास्तविकता जान्न कठिन



कल्पना के हो अनि वास्तविकता के हो ! यस कुरालाई बुझ्नका लागि, जान्नका लागि, चिन्नका लागि तपाईँको जग बलियो हुनुपर्छ । सबै कल्पनाको बीज तपाईँभित्रै छ । यो सत्य हो । यो कल्पना होइन, यो वास्तविकता हो । कल्पनाले आराम गर्नुपर्दैन । न त त्यसलाई छाया नै चाहिन्छ, न घाम, खानापिनाजस्ता केही चीजको आवश्यकता पर्छ । त्यो दिनरात सधैँ तपाईँभित्रै हुन्छ ।

कल्पनामा डुब्न एकदमै सजिलो हुन्छ । वास्तविकतालाई जान्ने अनि मान्ने कामचाहिँ साँच्चै कठिन हुन्छ । यदि त्यसलाई बुझ्न सक्नुभो, पहिचान गर्न सक्नुभो भने तपाईँ भाग्यशाली हुनुहुन्छ, किनभने त्यो तपाईँभित्रै छ । त्यसका लागि तपाईँको जग मजबुत हुनु अत्यावश्यक रहन्छ । तपार्इँ सबल हुनुपर्दछ । जरा बलियो भयो भने हलचल गर्दैन पनि । वास्तवमा जुन वस्तुको खोजी तपाईँलाई छ नि ! त्यो तपाईँभित्रै छ । चिन्नुहोस्, पहिचान गर्नुहोस् । त्यसका साथमा रहेर केही समय बिताउनुहोस् । किनकि, यी कार्यमा सबैथोक लुकेको छ । शान्ति यही हो । कुनै चीजको अभाव शान्ति होइन तर कुनै चीजको प्राप्तिचाहिँ शान्ति हो ।

मानिसले आपूmले आपूmलाई चिनेपछि, आपूmले आपूmलाई बुझेपछि उसको जीवनमा शान्ति प्राप्त हुन्छ । कुन अवस्थामा भोकलाई मेट्न सकिन्छ ? भोजन प्राप्त गरेपछि भोक मेटिन्छ । यस दृष्टान्तलाई हेर्ने हो भने मानिसले आपूmले आपूmलाई चिनोस्, ऊ को हो भनेर बुझोस् । ऊ के हो ? यो शरीर किन प्राप्त भएको हो ? योे सबै कुरा आपूmले आपूmलाई चिन्नुपर्ने कुराको अंश हो ।

यो शरीर किन पाइएको छ ? जुन तŒवहरू मिलेर यो शरीर बनेको हो ती सबै तŒवहरू फेरि जहाँबाट आएका थिए तिनै स्थानमा गई विलीन हुनेछन् । पानी पनि एकदम सजिलै पानीमै गएर मिसिनेछ । धूलो पनि धूलैमा गएर विलय हुन्छ । बालुवा बालुवामै गएर समाहित हुन्छ । तपाईँको शरीर निर्माणका लागि प्रयोग भएका सबै तŒवहरू यही संसारकै वस्तु हुन् । तपाईँलाई के लाग्छ ? के बच्चा जन्मिदा यो धर्तीको वजन पनि बढ्छ त ! अर्थात्, यदि कोही बितेर गए भने यो धर्तीको तौल घट्छ त ? तौल न त घट्छ, न बढ्छ । यथार्थमा तपाईँ बन्नका लागि प्रयोग भएका वस्तुहरू अहिले पनि यही धर्तीमै छन् । त्यसो भए, के तपाईँले आपूmभित्र भएको त्यस चीजलाई चिन्नुभयो ? त्यस चीजलाई बुझ्नुभयो ? त्यसलाई चिनेपछि, पहिचान गरेपछि आनन्द प्राप्त हुन्छ ।

तपाईँलाई अहिले दिइएको नाम तपाईँको शरीरका लागि दिइएको हो । यदि तपाईँको शरीर नै भएन भने नाम कमाउनुको के अर्थ रह्यो र ! नाम होइन, ज्ञानको कमाइ गर्नुहोस् । आनन्दको खेती गर्नुहोस् । यसलाई आपैmँसँग लिएर जान सक्नुहुन्छ । आपूm गएका सबै स्थानमा साथैमा लिएर जान सक्नुहुन्छ । वास्तवमा यो आनन्द तपाईँको हृदयबाट उत्पन्न हुन्छ । अनि, तपाईँको हृदयमा नै गएर बस्दछ । यसकारण तपाईँलाई हृदय प्राप्त भएको छ । तपाईँ के हो र के होइन भनेर आपैmँ परीक्षण गर्न सक्नुहुन्छ । यसरी परीक्षण गर्न सकेमा उसको जीवन नै फरक हुन्छ । त्यसपछि त ऊ फेरि कसैको भनाइमा अल्झिँदैन । ऊ ‘यहाँ के भइरहेको छ’ भनेर अल्झिँदैन । जे हुनुपर्ने हो त्यो त भइरहेको छ नै ।

कहिले सकारात्मक हुन्छ त कहिले नकारात्मक स्थिति उत्पन्न हुन्छ । राम्रो हुँदा धेरै राम्रो भएजस्तो लाग्न थाल्छ । त्यसपछि मानिसलाई अब त कहिल्यै नराम्रो अवस्था आउँदैन भनेजस्तो पनि हुन्छ । नकारात्मक अवस्था सिर्जना भयो भने उनीहरूले कहिल्यै सकारात्मक परिवर्तन नै हुँदैन भन्ने ठान्छन् ।

केही समय धैर्य गर्नुभयो भने राम्रो हुन्छ । यद्यपि एउटा ख्याल गर्नै पर्ने कुराचाहिँ के हो भने, यदि राम्रो भइरहेको छ भने केही समयपश्चात् फेरि खराब समय पनि आउने नै छ । वास्तवमा यसको प्रकृति नै यस्तै हो । त्यसैले त यसलाई माया भनिएको हो । धैर्यता पनि कुनै विशेष कुरा हो । तपाईँले धैर्य गर्न सिक्नुभएको छ कि छैन ? यो कोभिड–१९ ले तपाईँलाई धैर्य गर्न सिकायो कि सिकाएन ? धैर्य त गर्नै पर्छ । धैर्यताको अभावमा त कामै हुँदैन ।

तपाईँको जीवनले तपाईँसँग सम्बन्ध राख्छ । तपाईँको व्यापार, तपाईँको पेसा, तपाईँको काम, तपाईँको ध्यान, यिनीहरूले तपाईँलाई प्राप्त भएको शरीरसँग सम्बन्ध राख्छन् । तर, क्लेशबाट टाढै रहनुभयो भने तपाईँको जीवन आनन्दमय हुनेछ । सचेत भएर आफ्नो जीवन बिताउनुहोस् । कोही अरूसँग प्रेम नगरे पनि यो श्वाससँग अवश्य पनि प्रेम गर्नुहोस् । फलतः तपाईँको जीवन आनन्दमय बनोस् ।

जसले यो श्वाससँगै प्रेम गर्न सक्दैन भने उसले कोही अरूसँग के प्रेम गर्ला र ! यदि वास्तवमा नै प्रेमी बन्ने हो भने त यस्तो चीजसँग प्रेम गर्नुहोस्, यस्तो चीजलाई माया गर्नुहोस्, जसले अन्तिम समयसम्म पनि तपाईँलाई साथ देओस् । त्यो एउटै चीज छ । त्यसको अभावमा तपाईँ हुनुहुन्न अनि त्यसको उपस्थितिमा मात्रै तपाईँ हुनुहुन्छ ।

आनन्द प्राप्त गर्नुहोस् र आफ्नो जीवनलाई सफल बनाउनुहोस् । जेसुकै भए पनि एउटा बिर्सनै नहुने कुरा के हो भने तपाईँले खोजिरहनुभएको सत्य, तपाईँले खोजिरहनुभएको आनन्द तपाईँभित्रै छ ।

एउटा कथा छ । एकजना व्यक्ति थिए । उनले धेरै धन कमाए । उनका दुईजना छोरा थिए । उनको यो संसारबाट बिदा हुनुपर्ने समय आएपछि उनले आफ्ना छोराहरूलाई छेउमा बोलाएर भने, ‘तिमीहरू दुईजनामध्ये कोही एकजना मेरो उत्तराधिकारी (हकवाला) हुनेछ । जसले मेरो प्रश्नको उत्तर दिन्छ, यो जे–जति पनि मैले कमाएको छु, त्यो पनि उसैको हुनेछ । म एक–एक गरेर तिमीहरू दुईजनालाई बोलाउनेछु र तिमीहरूसँग केही प्रश्न गर्नेछु । जसले मेरो प्रश्नको उत्तर राम्रोसँग दिनेछ उसैलाई म आफ्नो उत्तराधिकारी घोषित गर्नेछु ।’ यति भनेर उनी अर्को कोठातिर लागे ।

उनले आफ्नो जेठो छोरालाई कोठामा बोलाए । त्यो कोठा निकै नै अँध्यारो थियो । उनले ती जेठा छोरालाई सोधे, ‘तिमीले यो कोठामा के–के देखिरहेका छौ ?’

छोराले भने, ‘यो कस्तो प्रश्न हो ! यो कोठामा त अँध्यारै अँध्यारो मात्र छ । म त केही पनि देख्न सक्दिन । म तपाईँको कुरालाई अवश्य सुनिरहेको छु । तर, मैले केही पनि देखिरहेको छैन । तपाईँबाहेक यो कोठामा अरू केही पनि छैन ।’ उनका पिताले भने, ‘ठीक छ, तिमी अब जाऊ !’

उनले अर्कोचाहिँ छोरालाई बोलाएर सोधे, ‘तिमी यो कोठाभित्र के–के देख्न सक्छौ ?’

ती छोराले भने, ‘म के–के देख्न सक्छु भनेर उत्तर दिनुपूर्व के तपाईँसँग केही कुरा सोध्न सक्छु ? म तपाईँसँग एउटा प्रश्न सोध्न चाहन्छु । त्यो प्रश्न के हो भने, तपाईँले यति धेरै धन–सम्पत्ति कसरी कमाउनुभयो ?’

अनि, पिताजी खुशी भए । मेरो छोराले मैले यो सबै सम्पत्ति कसरी कमाएँ भनेर जान्न चाहन्छ । त्यसपछि भन्न थाले, ‘मैले यो सबै आफ्नै मेहनत र इमानदारीले कमाएको हुँ । जब मलाई कसो गर्ने हो भनेर केही पनि थाहा थिएन तब मैले मेरा साथीहरूसँग सल्लाह मागेँ । उनीहरू यस कुरामा जानकार थिए । त्यसपछि बिस्तारै–बिस्तारै धैर्यताका साथ मैले यी सबै चीजहरू जम्मा गरेँ ।’

पिताले पुनः प्रश्न गरे, ‘अब मेरो प्रश्नको पनि उत्तर देऊ । के तिमीले केही देखिरहेका छौ त ?’

उनले भने, ‘हजुर, म देखिरहेको छु ! तपाईँ त्यहाँ उभिइरहनुभएको छ । तपाईँको छेउमा टेबुल पनि छ । त्यहाँ कुर्सी राखिएको छ ।’ आखिर, उनले कसरी देख्न सके होलान् ? किनकि, जब उनका जेठा छोरा आए, उनले आफ्नो आँखालाई परिवर्तन हुने समय दिएनन् । हेर्नुहोस्, बाहिर घाम लागिरहेको बेलामा हामी बाहिरबाट अँध्यारो कोठाभित्र प्रवेश गर्छौँ । अनि, हाम्रो आँखालाई त्यस कोठाको अँध्यारोसँग घुलमिल हुनलाई केही समय लाग्छ । त्यसपछि बिस्तारै–बिस्तारै देख्न थाल्छ । जेठा छोराले त्यसको लागि समय दिएनन् । उनले भने, मैले केही पनि देख्न सकिरहेको छैन । त्यसपछि उनी गए ।

अर्कोचाहिँ छोरा बुद्धिमान् थिए । उनलाई थाहा थियो, म त्यस अवस्थामा मात्र देख्न सक्छु जब म यी आँखालाई अलिकति समय दिनेछु । त्यसै कारणले उनले पहिला त आफ्ना बुबासँग नै प्रश्न सोधे । बुबाले उनलाई सम्झाइरहेका बेलासम्ममा उनको आँखा त्यस कोठाको अँध्यारोसँग घुलमिल भइसकेको थियो । त्यसपछि उनले सबै कुरा देख्न सफल भए ।

आफ्नो छोरोको बौद्धिकताबाट उनका बुबा एकदमै खुशी भए । त्यसपछि उनलाई आफ्नो उत्तराधिकारी घोषित गरिदिए ।

कुरा धनको होइन । कुरा त के मात्र हो भने, के तपाईँ पनि त्यो समय दिनुहुन्छ ! त्यो भित्रको चीजलाई जान्नका लागि जब तपाईँ बाहिरबाट, यो संसारबाट आपूmलाई भित्रतिर मोड्नुहुन्छ ! धेरै पटक हामी यस्तो हुने अवसर दिँदैनौँ । किनभने, यो धैर्यताको कुरा हो, जुन एकदमै ठूलो कुरा हो ।

यस्तो परिस्थितिमा त दुःख लाग्नु स्वाभाविक हो । तर, तपाईँभित्र एउटा चीज छ, जुन यी सारा परिस्थितिहरू भएर पनि त्यसले यी कुराहरूसँग सम्बन्ध गाँस्न चाहँदैन । त्यो दुःखी हुन चाहँदैन । त्यो हो– तपाईँको हृदय । त्यो हो वास्तविक ‘तपाईँ’ । त्यो हृदयमा भएको आनन्दलाई चिनेर यस्तो परिस्थितिमा यो समयलाई राम्रो तरिकाले आनन्दसँग बिताउनुहोस् ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्