पीडितलाई झन् पीडा दिँदै सहकारीका सञ्चालक

बचतकर्ता र वडा अध्यक्षविरुद्ध अदालतमा जाहेरी 



काभ्रे। 

बनेपाको चार दोबाटो चोकमा केन्द्रीय कार्यालय राखेर चौरीदेउराली, पाँचखाल लगायतका स्थानमा शाखा कार्यालय समेत सञ्चालन गरी करिब १० हजार बचतकर्ताबाट असुल गरेको १४ करोड रकम फिर्ता नगरेर फरार भएका पुण्यश्वर सहकारीका अध्यक्ष डम्बरप्रसाद गौतमको गाली बेइज्जत भएको उजुरी जिल्ला अदालतमा दर्ता भएको छ ।

रकम फिर्ता माग्ने ५१ जना बचतकर्ता र बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्य विरुद्ध संस्थाका अध्यक्षले जाहेरी दिएका छन् । बचतकर्ताहरुले विभिन्न निकायमा जाँदा न्याय नपाएको भन्दै आक्रोश पोखेका छन् । प्रहरी कार्यालयले जेठ १६ गते सहरीको ठगी विरुद्ध पीडितहरुको जाहेरी लिएर अनुसन्धान सुरु गरेको बताएको छ । उता समाचार प्रकाशन गरेको भन्दै नेपाल समाचार पत्र दैनिकका जिल्ला संवाददाता र चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक मोतीराम तिमल्सिना विरुद्ध गाली बेइज्जतीको जाहेरी संस्थाका अध्यक्ष डम्बरप्रसाद गौतमले जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता गरेका छन् ।

‘चेष्टा साप्ताहिक, नेपाल समाचार पत्र दैनिक लगायतका सञ्चारमाध्यममा समाचार लेखेर चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक मोतीराम तिमल्सिनाले मेरो गाली बेइज्जती गरे, म अन्यायमा परेँ, कारबाही गरी पाउँ’–पुण्यश्वर सहकारीका अध्यक्ष समेत रहेका पूर्व शिक्षक डम्बरप्रसाद गौतमले फिरादमा भनेका छन्’–‘म आफै पीडित हुँ, मैले न्यायका लागि अदालतमा मुद्दा दर्ता गरेको अवस्था छ । अदालतमा दर्ता भएको मुद्दा अगावै समाचार प्रकाशन गरेर मेरो गाली बेइज्जती भएकाले तिमल्सिनालाई कारबाही गरी पाउँ ।’ जिल्ला अदालत काभ्रेपलाञ्चोकले समेत क्षेत्राधिकार नाघेर फिराद दर्ता गरेको छ । प्रेस काउन्सिल ऐन २०४८ अन्तर्गत पत्रकार आचार संहिता २०७३ अनुसार सञ्चारमाध्यममा प्रकाशन भएका समाचारले कुनै व्यक्ति वा संघ संस्थालाई असर पुगेको छ भने सम्बन्धित सञ्चारमाध्यमबाट खण्डन प्रकाशन गर्ने, खण्डन प्रकाशन नगरेमा वा प्रकाशन गरेर पनि चित्त नबुझेमा प्रेस काउन्सिलमा उजुरी गर्न सक्ने व्यवस्था छ । प्रेस काउन्सिलले त्यस्ता व्यक्ति वा सञ्चारमाध्यमलाई सचेत गराउने, स्पष्टीकरण सोध्ने, त्यस उपर थप कारबाही अघि बढाउन सक्ने कानुनी व्यवस्था छ । डम्बरप्रसाद गौतमका छोरा कुमार गौतम संस्थाका प्रबन्धक हुन् । रामेछाप जिल्लाको गुन्सि भदौरेमा रहेर लामो समय शिक्षण गर्नु भएका पत्रकार आचार संहिता २०७३ अनुसार सञ्चारमाध्यममा प्रकाशन भएका समाचारले कुनै व्यक्ति वा संघ संस्थालाई असर पुगेको छ भने सम्बन्धित सञ्चारमाध्यमबाट खण्डन प्रकाशन गर्ने, खण्डन प्रकाशन नगरेमा वा प्रकाशन गरेर पनि चित्त नबुझेमा प्रेस काउन्सिलमा उजुरी गर्न सक्ने व्यवस्था छ ।

प्रेस काउन्सिलले त्यस्ता व्यक्ति वा सञ्चारमाध्यमलाई सचेत गराउने, स्पष्टीकरण सोध्ने, त्यस उपर थप कारबाही अघि बढाउन सक्ने कानुनी व्यवस्था छ । डम्बरप्रसाद गौतमका छोरा कुमार गौतम संस्थाका प्रबन्धक हुन् । रामेछाप जिल्लाको गुन्सि भदौरेमा रहेर लामो समय शिक्षण पेसा गरेर बिदा भएका सरकारको पेन्सन समेत खाइरहेका डम्बरप्रसाद गौतमले छोरा विरुद्ध मुद्दा दर्ता गरेको नाटक रचेका छन् । रकम असुल्दा समेत अध्यक्ष नभनेका, संस्थाको कार्यालय बन्दको सूचना टाँस गर्दा आफै अध्यक्ष बनेर हस्ताक्षर गरेका, वडा अध्यक्ष हिटलर शाक्यको सामुन्नेमा आफै रकम फिर्ता गर्छु भनेर ल्याप्चे छिचेका अन्तर्राष्ट्रिय स्तरका फटाहा गौतमले बचतकर्ता विरुद्ध समेत जिल्ला अदालतमा फिराद दर्ता गराएका छन् । पीडितहरूले विभिन्न निकायमा दिएको उजुरीका आधारमा समाचार लेखेको विषयले गाली बेइज्जती भएको महसुस गर्ने गौतमको इज्जत फर्काउन बचतकर्ताको १४ करोड रकम फिर्ता गर्नु पर्दैन ?

 के हो घटना ? को हुन् सहकारी ठग ? 

बनेपाको मुटु जस्तै मध्य भागको केन्द्र चारदोबाटो वडा नम्बर ७ मा भव्य डेकोरेसन सहित कार्यालय राखिएको पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछाप गुन्सी भदौरे ७ घर भई बनेपामा बस्दै आएका २९ वर्षीय कुमार गौतम सहकारीको ९ करोड रकम लिएर ६ महिना देखि बेपत्ता छन् । द्रौपदा सहकारीको ५ करोड गरी १४ करोड रकम ठगी गरेका गौतम सम्पर्क विहीन छन् । कुमारका बाबु डम्बरप्रसाद गौतम अध्यक्ष रहेको उक्त सहकारीमा कुमारको श्रीमती पवित्रा चौलागाई कोषाध्यक्ष छिन् । सानिआमा कमला चौलागाई सदस्य छन् भने बहिनी मनीषा गौतम लेखा प्रमुख छिन् । उता कुमार भने द्रौपदा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष छन् । दुवै संस्थाको लेखापालका रुपमा बहिनी मनीषा कार्यरत छिन् । कान्छो भाइ प्रदीप गौतम ऋण संयोजक छन् । भाइ बुहारी गंगा श्रेष्ठ गौतम र भाइ उद्धव गौतमलाई सहकारीमा कार्यरत रहँदा रहँदै सोही सहकारीको रकमबाट अस्ट्रेलिया पठाइएको छ । द्रौपदा सहकारीको करिब ५ करोड रकम अपचलन भएको छ । संचालक समितिमा उपाध्यक्ष रहेका झम्कप्रसाद गौतमको ६५ लाख र उनकै दाजु देवी गौतमको ५१ लाख उनै कुमारले लिएर फरार भएका छन् । सहकारीको चौरीदेउराली र पाँचखाल सेवा केन्द्रमा बचत गर्ने बनेपा सहितका ८ हजार ५ सय सदस्यको ९ करोड रकम उनै कुमारले खर्च गरेर बेपत्ता भएका हुन् । कुमारका छिमेकी गंगाबहादुर तामाङ सचिव छन् । अन्य केहीलाई थाहा नै नदिई किर्ते गरेर सदस्यमा राखेका छन् । उनीहरू पनि किर्ते विरुद्ध कानुनी उपचारमा लागेका छन् । उपाध्यक्ष झम्कप्रसाद गौतम लगायतले बनेपा नगरपालिका, सहकारी विभाग, जिल्ला प्रशासन, प्रहरी कार्यालय लगायतका स्थानमा उजुरी गरेका छन् । उनीहरू सहित ३१ जना बचतकर्ताको उजुरीमा हस्ताक्षर छ । जिल्ला प्रहरी कार्यालयले सहकारीको रकम लिएर भाग्ने व्यक्तिहरूको बारेमा अनुसन्धान गरिरहेको बताएको छ । पीडितहरूले आफू ठगिएको भन्दै ठगीमा कारबाही गर्न जाहेरी दिएका छन् ।

के गर्दैछ प्रहरी ? 

जिल्ला प्रहरी प्रमुख एसपी भागेन्द्रपुरुष ढकालले सहकारीबाट ठगिएकाहरुको जोहरी लिएर अनुसन्धान सुरु गरिएको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयमा अलग्गै डेक्स स्थापना गरी सहकारीबाट ठगिएकाहरुको विषयमा अनुसन्धान सुरु गरिएको उहाँले बताउनु भयो । पीडितहरुका गुनासालाई सम्बोधन गर्न र आर्थिक अराजकतालाई कानुनी दायरामा ल्याउन प्रहरीले अलग्गै डेक्स स्थापान गरेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्