प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै



नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भारतीय प्रधानमन्त्री मोदी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन् ।

भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले नयाँदिल्लीस्थित हैदारावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग सो भेटवार्ता गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड बिहीबार बिहान साढे दश बजे शान्तिको दूत महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अपर्ण गर्ने कार्यक्रम तय भएको छ । राजघाट पुगरेर गान्धीप्रति पूष्पगुच्छा अर्पण गर्नेछन् ।

राजघाटवाट फर्केर प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा द्धिपक्षीय भेटवार्ता गर्नेछन् । सो भेटघाटमा दुई देशबीच आपसी सबन्धका बारेमा छलफल हुनेछ ।

सो भेटलगत्तै प्रधानमन्त्रीले प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ । सो भेटवार्ता र छलफलपछि दुई देशबीच सम्झौतापत्रमा हस्ताक्षर तथा केही संयुक्त परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुनेछ । सो पत्रकार सम्मेलनमा दुवै देशका प्रधानन्त्रीले संयुक्त रूपमा सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।

यसैगरी प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतका भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलगायतसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

साथै प्रधानमन्त्री प्रचण्डले साँझ होटल मौर्यमा नेपाल र भारतका उद्योगी, व्यवसायीलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्