विज्ञापन लेखन र निर्देशनमा चम्किँदै स्नेहा



स्नेहा शर्मा पछिल्लो आधा दशकदेखि नेपाली विज्ञापन क्षेत्रमा निर्देशन तथा लेखनमा सक्रिय छिन्।

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनमा स्नातक तथा पुनेबाट अडियो भिजुअल एड्भरडाइजमेन्टमा स्नातकोत्तरसम्मको अध्ययन शर्माले

विभिन्न ब्रान्डका वस्तु तथा सेवासम्बन्धि करिब तीन दर्जन विज्ञापन, टीभीसी आदिको लेखन र निर्देशन गरेकी छन्। सँगसँगै गायिका मेलिना राईको क्रन्दन बोलको गीतको म्युजिक भिडियो पनि निर्देशन गरेकी छन्। फिल्म निर्देशनमा समेत रुचि राख्ने उनले विभिन्न सेलिब्रेटीलाई लिएर विज्ञापनको निर्देशन गर्दै आएकी छन्। छोटो समयमै नेपाली विज्ञापन बजारमा स्थापित नाम बन्न सफल स्नेहा आफ्ना रचनात्मक कार्यका कारण विभिन्न ब्रान्डको रोजाइमा पर्दै आएकी छिन्।

ञब्याचलर पढ्ने बेलादेखि नै एडहरुमा कपी राइटरको रुपमा काम गर्थें। मास्टर सकेर नेपाल फर्र्किएपछि फ्रिल्यानसरको रुपमा विज्ञापनहरुको कन्टेन्ट राइटिध्र र निर्देशन गर्दैै आइरहेकी छु, स्नेहा भन्छिन् कुनै पनि सामग्रीको विज्ञापन सफल हुनका लागि त्यसमा निर्देशन मात्र नभई सम्पूर्ण पाटोमा उत्तिकै मेहनत गर्नुपर्छ। ञउटा विज्ञापन सफल हुनका लागि सुरुमा त स्क्रिप्ट राम्रो हुनुपर्छ। हजार शब्दमा भनिएको कुरालाई दश लाइनमा प्रभावकारी रुपमा देखाउनुपर्छ। विज्ञापन भनिसकेपछि मानिसहरुले छुट्टै संसार भन्ने बुझिरहेका हुन्छन्। त्यसैले नयाँ वल्र्ड क्रियट गर्नुपर्छ र प्रम्पहुदेखि लिएर सेटअप, कलरसम्ममा ध्यान दिनुपर्छ।

आफूले विज्ञापन निर्माण गर्नुअघि फिल्ममा जस्तै कलाकारको अडिसन तथा वर्कसप सञ्चालन गरेर मात्र काम सुरु गर्ने स्नेहाले खुलाइन्। ञसेलिब्रेटीदेखि नयाँ कलाकारसम्मलाई अडिसन तथा वर्कसपमा सहभागी गरेर काम गर्दा विज्ञापन गुणस्तरीय तथा प्रभावकारी बन्छ, स्नेहाको अनुभव छ। पढाइको क्रममा सिकेका विषय र काम गर्दा आइपर्ने चुनौतीहरु फरक हुने स्नेहाको भोगाइ छ। ञपढ्ने बेला प्रायः थेउरी बेसमा पढिन्छ। प्राक्टिकल क्लास पनि हुन्छन् तर फिल्डमा आएर काम गर्दाचाहिँ विभिन्न च्यालेन्ज आइपर्छन्। जसलाई ह्यान्डल गर्नका लागि भने प्राक्टिकल क्लासले मद्यत गर्दो रहेछु उनी भन्छिन्।

हाल नेपाली विज्ञापन बजारको स्थितिमा पहिलेको तुलनामा चुनौती थपिएको स्नेहाको भोगाइ छ। भन्छिन् ञञपछिल्लो समय हरेक क्षेत्रमा क्राइसिस छ। त्यसको प्रत्यक्ष प्रभाव विज्ञापनको क्षेत्रमा पनि परेको छ। पैसा खर्च गरेर निर्मँण गर्नुपर्ने भएकाले एड निर्माण अन्तिम प्रायोरिटीमा पर्छ। जसले गर्दा झन् पहिलेको भन्दा खस्किएको अवस्था छ। क्लिन फिड पोलिसिले भने केही राहत दिएको छ।

विज्ञापनमार्फत वस्तु तथा सेवाका बारेमो प्रचार मात्र नभई सन्देश पनि दिने माध्यम भएकाले यसले मानिसलाई पार्ने प्रभावबारे ख्याल राख्नुपर्ने स्नेहाको भनाइ छ। तेललगायत भान्छामा प्रयोग हुने कतिपय सामग्री, लुगा धुने साबुनलगायतका वस्तुको विज्ञापनमा महिलालाई देखाइन्छ। जेन्डर स्टेरियोटाइपिध्र क्रियट गर्ने खालका यस्ता सामग्रीले महिलालाले मात्र खाना बनाउँछन्, लुगा धुन्छन् भन्ने जस्तो कुराहरु देखाइन्छ। तर, पुरुषले पनि खाना पकाउन र लुगा धुन सक्छन् नि।

यस्ता वस्तुको विज्ञापनमा फिमेल मात्र नभई मेल प्रोटागोनिस्ट आउनुपर्छ। कतिपय स्क्रिप्ट यस्ता आउँछन्, जुन एकदमै स्टेरियोटाइपिङ वाला हुन्छ। म अब पनि यस्तो कन्सेप्टमा चाहिँ काम गर्न सक्दिन है भन्ने गरेको छु स्नेहालेसुनाइन् तर कतिपय प्रोडक्टका भने विज्ञापनको युनिभर्स नै फरक हुन्छ। जहाँ अडियन्सले मानिसहरु उड्न र गुड्न सक्छन् र विज्ञापन रियल लाइफभन्दा परको संसार हो भनेर बुझ्नुपर्छ।

किनभने अडियन्सले कुनै पनि तरिकाले बोरिङ नहुने गरि कुनै प्रोडक्ट वा सर्भिसका बारेमा भन्नुपर्ने भएकाले यसमा एक्ज्याजरेसन त भइहाल्छ। तर, आजका दर्शकले त्यो कुरा बुझ्नुहुन्छ। बजार, दर्शक तथा ग्राहकबारे अनुसन्धान गरी निर्मण गरिएका विज्ञापन बढी प्रभावकारी हुने बताउने स्नेहा आगामी दिनमा आफ्नो काममा अझ बढी मेहनत गर्दै गुणस्तरीय तथा प्रभावकारी विज्ञापन निर्मँणमा सक्रिय रहने बताउँछिन्। स्नेहा फिल्म निर्देशक, कार्यक्रम प्रस्तोता तथा साहित्यकार राजेन्द्र शलभको पुत्री हुन्।

प्रतिक्रिया दिनुहोस्