निर्देशक थापालाई पितृशोक



फिल्म निर्माता, निर्देशक तथा अभिनेता सुदर्शन थापालाई पितृशोक परेको छ।

उनका पिता विष्णुबहादुर थापाको ७८ वर्षको उमेरमा बुधबार बिहान ६ बजे इन्द्रायणीस्थित निजी निवासमा निधन भएको हो। लामो समयदेखि दम रोगबाट पीडित उनको सुदर्शनसहित तीन छोरा र एक छोरी छन्। उनको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

प्रतिक्रिया दिनुहोस्