सगरमाथाको फोहोरप्रति कंगनाको चिन्ता



बलिउड अभिनेत्री कंगना रनावतले सामाजिक सञ्जालमा सगरमाथा आधार शिविरमा देखिएको फोहोरको भिडियो पोस्ट गर्दै त्यसप्रति चिन्ता व्यक्त गरेकी छन्।

आधार शिविरमा रहेको टेन्टबाहिर फोहोर थुप्रिएको देखिएको भिडियो पोस्ट गर्दै उनले आफूलाई भगवानको प्रिय सम्झने मानिसले वास्तविकता जाँच्नुपर्ने सुझाव दिएकी छन्। ञएभरेस्ट यात्रा बन्द गर्नुहोस् वा यसलाई ठीक गर्नुहोस्। शिखरमा यस्तो दृश्य अस्वीकार्य हुन्छ, उनले लेखेकी छन् जो कोही सोच्छन् कि मानव भगवान्को मनपर्ने कुरा हुन्।

उनलाई यो वास्तविकताको जाँचको आवश्यकता छ। यो दृश्यमा हेर्नुहोस्, तपाईंलाई महशुस हुन्छ कि मानव सायद भगवानको सबैभन्दा कम मनपर्ने हुन सक्छन्। मानिस हरेक स्थानमा आप्mनो दुर्गन्धित फोहोरको पदचिह्न छोड्छ। विश्वलाई यस्ता व्यक्तिबाट बचाउनुहोस्।

प्रतिक्रिया दिनुहोस्