कोशी प्रदेशको नामांकन गर्न १४ जिल्लाका कांग्रेस सभापतिको आह्वान



विराटनगर  ।

कोशी प्रदेश नामांकनको विरोधमा आन्दोलन चर्किरहेका बेला यस प्रदेशका १४ जिल्ला सभापतिहरुले नाममा पुनर्विचार गर्न आह्वान गरेका छन् ।

प्रदेशसभा बैठक बसेसँगै विराटनगर क्षेत्र दैनिकजसो तनावग्रस्त बनिरहेका बेला कोशी प्रदेशका १४ जिल्लाका कांग्रेस सभापतिहरुले बुधबार संयुक्त रुपमा विज्ञप्ति जारी गरेर नामांकनमा पुनर्विचार गर्न आह्वान गरेका हुन् ।

उनीहरु प्रदेशसभाबाट पारित भएको कोशी प्रदेशको नाममा पुनर्विचार गर्न आह्वान गरेका हुन् ।  ‘कोशी नाम सम्बन्धमा पुनर्विचार गर्न पार्टी नेतृत्व तथा प्रदेशसभासँग विशेष आग्रह गर्दछौँ,’ जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । प्रदेशसभाबाट गत फागुन १७ गते कोशी नाम पारित भएसँगै उक्त प्रदेश क्षेत्र आन्दोलित भएको हो ।

प्रतिक्रिया दिनुहोस्