बुद्ध एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले दिए अभय परियारलाई नगद पुरस्कार



काठमाडौं ।

बुद्ध एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले अभय परियारलाई नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरेका छन् । अध्यक्ष बस्नेतकाे टोली बुधवार काठमाडौँबाट चितवन गएर उनलाई उक्त नगर पुरस्कार र प्रशंसा पत्र हस्तान्तरण गरेकाे हाे । अध्यक्ष बस्नेतले परियारलाई यस अद्भुत उत्कृष्ट कृतिको लागि धन्यवाद दिएका छन् ।

अध्यक्ष बस्नेतले भने “हामी उहाँलाई मोडेल निर्माणमा उहाँको कडा परिश्रम र समर्पणको लागि धन्यवाद दिन चाहन्छौँ र उहाँको भविष्यको लागि उत्तम कामना गर्न चाहन्छौँ।” केही दिन अघि,  ATR-42 RC विमानको अचम्मको प्रतिकृति बनाउने अभय परियारको फोटो सामाजिक सञ्जालमा समेत शेयर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्