नीरफूल मौलिक स्वादको



आगामी जेठ २६ गते अल नेपाल रिलिज हुने फिल्म नीरफूल मौलिक स्वादमा बनेको अभिनेता दयाहाध्र राईले बताएका छन्।

नेपाल टेलिभिजनका महाप्रबन्धक तथा पत्रकार एवं साहित्यकार पूmलमान वलद्वारा निर्देशित पछिल्लो फिल्मबारे जानकारी दिने हालै राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता राईले नीरपूmल आपूmले अभिनय गरेकामध्ये राम्रो फिल्म भएको बताए।

नीरपूmल खिच्न गणेश हिमालमुनिको रुबी भ्यालीमा बहुत मुस्किलले पुगेका थियौं। तर, त्यो मेहनतले राम्रै काम गरेको छ। त्यसैले, मैले अभिनय गरेको राम्रा फिल्ममध्ये यो पनि एक हुनेछ। यो फिल्म मौलिक विषयवस्तुलाई मौलिक ढंगले नै पस्किने कोशिस गरिएको छु अभिनेता राईले भने ञमेरा कतिपय फिल्मले ५१औं दिन मनाउँदै व्यावसायिक सफलताको रेकर्ड तोडेका छन्। यो फिल्म पनि राम्रो बनेको छ।

यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ। यो फिल्ममा हामीले भोगेको समयको कथा भेटिनेछ।ु अभिनेता बुद्धि तामाध्रले नीरफूलको कथावस्तु र तामाङको मौलिक संस्कृतिमा काम गर्दा निकै आनन्द आएको बताए। अभिनेत्री शान्ति वाइबाले आफू रंगमञ्चबाट आएको र रंगमञ्चबाटै स्थापित दयाहाध्र राईसँग काम गर्न पाउँदा निकै खुसी लागेको बताइन्।

रंगकर्मी राजन खतिवडाले निर्देशक पूmलमानले हरेक साना विषयलाई निकै गहिरो रुपमा यसमा प्रस्तुत गरेको जनाए। गायक रंगकर्मीको रुपमा परिचय बनाएका कलाकार मानस राजले आफूलाई गायकको रुपमा चिनेका श्रोता दर्शकले फिल्ममा फरक रुपमा पाउने बताए। जिग्मे छ्योकी घिसिध्रले आफू यसअघि गायिकाको रुपमा परिचित भए पनि नीरफूलले आफूलाई अभिनयमा स्थापित गराउने विश्वास व्यक्त गरिन्।

फिल्मका निर्देशक बलले नीरपूmलमार्फत आफूले परिवार र समाजको कथा भन्न खोजेको खुलााए। फिल्ममा भूकम्प आउँछ, तर यो फिल्म भूकम्पको कथामाथि हैन, हाम्रो समाज र जीवनमा आउने भूकम्प, करप्टेड सिस्टमले ल्याउने भूकम्पको कथामाथि बनेको छ।

नेपाल म्यान्मार फ्रेन्डसिप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा दयाहाध्र राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन प्mयुबालगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्