सधैँ भ्रष्टाचार काण्ड र स्वार्थमा नअल्झ



हाम्रो देशमा अझै पनि केही यस्ता मानिस छन्, जो सधैँ मेहनत नगरी लालची, स्वार्थी, अल्लारे र नकारात्मक सोच मात्र च्यापेर बस्ने गर्छन् । त्यस्ता व्यक्तिहरु देशका लागि हानिकारक हुन् । त्यसकारण ती व्यक्तिहरुको सोच बदलिनु अति आवश्यक छ ।

यहाँ दिनहुँ नसोचेका नयाँ–नयाँ घटना वा काण्डहरु पनि सुन्नुपरिरहेको छ । यसो हेर्दा साउथ सिनेमाका दन्त्यकथा हेरिरहेको जस्तो आभास हुन्छ । यहाँका सीधासोझा नेपालीले लोकतन्त्र आएपछि देशमा यस्ता ताण्डव नृत्य होलान् भनी कल्पना पनि गरेका थिएनन् ।

राजनीतिक क्षेत्रमा बढेको लालची संस्कार, भ्रष्टाचार र मुलुकको सुस्त विकासले यहाँका मानिसहरु वाक्कदिक्क भएका छन् । यस अवस्थामा सरकारले डराएर आफ्नो परिवारको संख्या बढाउने होइन, कानुनी शिक्षालाई बलियो बनाउनुपर्छ । कानुन र शिक्षालाई सधैँ खेलबाड र राजनीतीकरण गर्नुहुँदैन । हामीले अति परिश्रम र संघर्षमार्फत पाएको लोकतन्त्रमा हाम्रो अवस्था अदालतको तराजुजस्तै हुनुपर्ने हो । तर यहाँ त्यसो नभई देशका शासकहरु कडा हुन सकेनन् । यसरी कडा हुन नसक्नुमा आफ्ना कमजोरी पनि होलान् । त्यसलाई ढाकछोप गर्ने प्रयास गर्नु राम्रो होइन ।

अहिले देशको आर्थिक अवस्थालाई नियाल्दा, साँढेको जुरोमा जति तवला बजाउन मुस्किल छ उति नै यहाँको अर्थतन्त्र सुधार्न गाह्रो भइराखेको छ । एक हिसाबले भन्ने हो भने, यसका दोषी सबै पक्ष छन् । नेता, प्रशासन, सीधासाधा व्यक्ति पनि दोषी छन् । देशको अर्थतन्त्र सुध्रनका लागि एकपटक यी सबै बदलिनु जरुरी छ । अन्यथा पछि गएर पछुताउनुसिबाय कुनै विकल्प हुने छैन । देश चलाउनेहरुले पनि लोकतन्त्र ल्याएर देश र जनताप्रति धोका दिनुहुँदैन । राज्यको ढुकुटीमा आफ्नै हिसाबमा रामराज्य गर्ने हो भने यो मुलुक सुध्रन गाह्रो छ । यी

कुरामा सबै साक्षात्कार छन्, कि कसो ? अब अर्थतन्त्रको उत्थान कसरी गर्ने त ?

सर्वप्रथम सरकारले एकोहोरो रोगलाई बिर्सिएर कसरी राम्रा विज्ञहरुलाई अपनाउने, आफ्नो परिवारलाई निडर भएर कसरी घटाउने, कसरी यिनीहरुको भत्ता सुविधा घटाउने, कसरी संघीयतामा मितव्ययिता अपनाउने, कसरी बेरुजु रकम उठाउने र कसरी खाद्यान्न–फलफुल अनि विदेशी रक्सीको आयात घटाउने ? भन्ने कुरामा ध्यान पु¥याउने हो । यदि यतिलाई मात्र कडाइका साथ सरकारले लागू गर्न सक्यो भने राष्ट्रकोष मजबुत हुनेछ ।

अब देशमा रकम भित्र्याउनका लागि कसरी गुरुयोजना तयार पार्ने हो ? यसका लागि सरकार हरसमय तत्पर रहनुपदर्छ । हाम्रो मुलुकमा यत्रो जलविद्युत्को विकास भइराख्दा पनि हामीले यो क्षेत्रबाट अझै पनि रकम भित्र्याउन सकिरहेका छैनौँ । छिमेकी राष्ट्रहरुसँग लचिलो हुनु, हाइड्रो प्रोजेक्टहरु पूरा तयार हुन नसक्नु, ऊर्जा विज्ञहरुलाई मान्छे गन्न नसक्नु, कमिसनका कुरा नमिल्नु आदि कुराले गर्दा यो क्षेत्र विकास भएर पनि हामी पछि परिराखेका छौं । जेसुकै होस्, अब भने राज्यले जलविद्युत्बाट धेरै कमाउनेतिर सोच्नु जरुरी छ । यसका लागि सरकारले सक्षम ऊर्जाविद्, छिमेकी देशका राजदूत तथा विद्युत् प्राधिकरणका प्रमुखहरुसँग एकपटक फेरि समन्वय गेरर अघि बढ्नु जरुरी छ ।

अब हामीले कमाउने भनेको नै पर्यटन व्यवसायबाट हो । सरकारले यसका लागि पर्यटनप्रति सकारात्मक सोच राख्नु जरुरी छ । पर्यटकहरुबाट हामीले डलर झार्ने सोच मात्र नराखी यिनीहरुलाई सुविधा र सहुलियत कसरी दिन सकिन्छ भन्ने सोच पनि राख्नुपर्छ । तर यो देशको गल्ती या विडम्बना भनौँ, पर्यटकलाई हरेक कुरामा कसरी धेरै शुल्क लिने कुरामा मात्र ध्यान गएको देखिन्छ । सुनको अण्डा दिने कुखुराको कथाजस्तो यो गलत सोच हो । पर्यछकहरुलाई जति सहुलियत दिई शुल्क कम गर्न सकिन्छ उति धेरै आगमन भएर आर्थिक विकासमा टेवा पुग्छ ।

अहिलेको परिपे्रक्ष्यमा हामीले आफ्नो मुलुकमा खाद्यान्न, फलफूल बढी उत्पादन गर्नुपर्दछ । विदेशबाट आउने यी कुरालाई बिस्तारै कम गर्दै लगी बन्द नै गर्नुपर्छ । हामीले यति मात्र गर्न सके पनि बिस्तारै आर्थिक स्थिति सुधार हुँदै जानेछ । त्यसकारण सरकारले यी पक्षहरुमा राम्रो नीति बनाउनुपर्छ । अनि अधुरो राजमार्ग पूरा गर्नु, कृषकलाई भरपूर सहयोग गर्नु, उनीहरुलाई सहुलियत–सुविधा दिएर अघि बढ्नु आजको आवश्यकता हो । एकपटक यो क्षेत्रमा प्रयास गर्ने हो भने असम्भव केही छैन ।

अन्त्यमा सधैँ लालच, कलह, खण्डन र आलोचनाले मात्र मुलुक सप्रने होइन । कुकर्म गर्ने व्यक्तिले सधैँ एउटै कुरा ख्याल राख्नुपर्छ– मैले गलत काम गर्दा मेरा भावी पुस्ता तथा परिवारको भविस्य कस्तो होला ? पक्कै पनि राम्रो हुँदैन । त्यो सबैले देखिराखेको कुरा हो । बरु सकिन्छ भने कर्म गरेर प्रायश्चित्त गर्ने हो ।

प्रतिक्रिया दिनुहोस्