काभ्रेपलाञ्चोकमा एसइई कबड्डी कप

हाईल्याण्ड र चैतन्यले प्राप्त गरे उपाधि



काभ्रे। 

काभ्रे कबड्डी एकेडेमी पनौती काभ्रेले बनेपाको बेलर एकेडेमीमा आयोजना गरेको जिल्ला व्यापी अन्तर विद्यालय कबड्डी प्रतियोगिताको उपाधि पनौतीको हाईल्याण्ड र बनेपाको चैतन्य माविले जितेको छ । एसइई दिएर बसेका विद्यार्थीहरुका लागि आयोजना गरिएको उक्त प्रतियोगितामा १६ विद्यालयका केटा तर्फ १० र केटी तर्फ ९ समूह सहभागी थिए ।

हाईल्याण्ड माध्यमिक विद्यालयले बनेपाको बेलर इन्टरनेशनल एकेडेमीलाई पराजित गरेको थियो भने चैतन्य माध्यमिक विद्यालय बनेपाले सामुदायिक विद्यालयलाई पराजित गरेको थियो । प्रथम हुने टिमले नगद १० हजारसहित शिल्ड प्राप्त गरेका छन् । उप विजेता टिमले नगद ५ हजार प्राप्त गरेका छन् ।

विजयी टिमलाई इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपी रेशम बोहोरा, संस्थाका अध्यक्ष सुमन कुँवर, बेलर एकेडेमीका प्रिन्सिपल इन्दु थापा, प्रबन्ध निर्देशक पवन थापा लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।

प्रतियोगिता जेठ १४ गते सुरु भई १६ गते मंगलबार समापन भएको थियो । प्रतियोगितामा केटा तर्फ चण्डेनी मावि समूह तेस्रो भयो भने पनौती सेकेन्डरी स्कुल केटी तर्फ तेस्रो भयो ।

एसइई दिएर बसेका बालबालिकाहरुका लागि सहभागी गराएर जिल्लामै पहिलो पटक आयोजना गरिएको कबड्डी प्रतियोगिताले स्वस्थ प्रतिस्पर्धा तथा आत्मबल बढाउन सहयोग पु¥याएको संस्थाका अध्यक्ष सुमन कुँवरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्