सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा



काठमाडौं ।

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूहको १ लाख ८ हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत् बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य २३७ रुपैयाँ तोकिएको छ । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

बोलपत्र पेस गर्दा न्यूनतम १ सय कित्ता र अधिकतम माथि उल्लेखित सम्पुर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । सेयर खरिदका लागि यही जेठ २३ गतेसम्म बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाडाैँको ट्रेड टावर नेपालमा कार्यालयमा आवेदन पेस गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्