मलेसियामाथि ७ विकेटले नेपालको जित



काठमाडौं ।

मलेसियासँगको टी–२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । पाँच टी–२० खेलको शृंखलाअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।

सोमबार भएको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो । तर, मंगलबार संयम भएर खेलको नेपालले मलेसियाले दिएको ९८ रनको लक्ष्य १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो  । यूकेएम क्रिकेट ओभलमा भएको खेलमा नेपालको लागि कप्तान रुविना क्षेत्रीले २१ बलमा ३ चौका र १ छक्का प्रहारसहित अविजित २९ रन बनाइन् ।  मलेसियाका लागि एइसा इलिसा, निक नुर अटिएला र विनीफ्राइडले १–१ विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९७ रनको योगफल बनाएको थियो ।
नेपालकी कप्तान रुविना क्षेत्रीले २,  कविता कुँवर र इन्दू बर्माले एक÷एक विकेट लिइन् ।

प्रतिक्रिया दिनुहोस्