नेपालको निकासीलाई व्यवस्थित गर्नु जरुरी



कुनै पनि देशको भौगोलिक स्थिति र उपलब्ध स्रोतमा आधारित विकासे धारणामा निर्भर रही निकासी व्यापार देशको सामान्य आर्थिक जीवनको एक महत्वपूर्ण जग हो । नेपालमा अझैसम्म पनि निकासी वृद्धि र आयात प्रतिस्थापनमा कसरी अगाडि बढ्ने भन्ने खास लक्ष्मणरेखा कोरिएको देखिँदैन । तसर्थ नेपालमा निकासी प्रवद्र्धन र आयात प्रतिस्थापनको दोहोरो नीति अपनाइँदै आएको छ । यहाँ ‘इन्वार्ड लुकिङ ग्रोथ’ र निकासोन्मुख ‘ग्रोेथ’ रणनीति दुवै अपनाइँदै आएको छ । नेपालमा अपनाई आएको आन्तरिक रणनीतिलाई संरक्षण गरिएको छ ।

कुनै पनि देशमा निकासी क्षेत्रले खेलेको भूमिका थाहा पाउन यसको क्षमताले आयात कतिको धानेको छ, त्यो हेरिनुपर्दछ । नेपालको निकासी–पैठारी अनुपात करिब १ः१९ पुगिसकेको छ । नेपालको अर्थतन्त्रमा निकासी क्षेत्रले कम भूमिका खेलेको कारणमा देशभित्र अत्यधिक वैदेशिक सहयोग निरन्तररुपमा आएकोले हो । देशको अर्थतन्त्र सञ्चालन गर्न वैदेशिक सहयोगमा अत्यधिक निर्भर रहनाले दीर्घकालमा लाभदायक हँुदैन । विकासशील देशको विकासमा व्यापारले महत्वपूर्ण भूमिका खेल्नुपर्दछ । विगत केही दशकमा वैदेशिक सहयोेगको संरचना हेर्ने हो भने सापटी र अनुदानमा देश बढी ढल्कँदै गएको छ । सन् १९९०–९१ अघिको तुलनामा त्यसपछि डेब्ट–सर्भिस रेसियो बिस्तारै घटेर गएको छ ।

नेपालको भुक्तानी सन्तुलन रेमिट्यान्स नजोड्दा कहिल्यै पक्षमा भएन । नेपालको चालू खाता पनि सन्तुलनमा छैन । नेपालको व्यापार सन्तुलन पनि घाटामा रहेको छ । देशमा वैदेशिक मुद्रा संकलनको गति घट्नुमा आयातमा पृद्धि, निकासीमा असन्तुष्ट स्तर र ऋण सेवा दायित्व अग्लिँदै गएको अवस्था रहेको छ । देशको निकासी व्यापार संरचनामा परिवर्तन हुँदै गएकाले परिवत्र्य र अपरिवत्र्य मुद्रा जगेडामा फरक पर्दै आएको छ ।

रोजगारी सृजना गर्ने दृष्टिले नेपालमा निकासीको भूमिका सन् २००२÷०३ सम्म पनि गलैँचा र तयारी पोशाक उद्योग महत्वपूर्ण थियो । यस बेला त्यस क्षेत्रमा रोजगारी अत्यधिक थियो । नेपालमा धेरैजसो उत्पादित वस्तुहरु श्रमप्रधान छन् । साना आधुनिक उत्पादन गरिने उद्योगहरु कम छन् । फलाम– स्टिलका वस्तुहरु, धागो, पाम आयल, भटमासको तेल, सन् फ्लावर तेल, कृषिमा आधारित केही नवउन्मुख वस्तुहरु, गलैँचा, तयारी पोशाक, हस्तकला, चिया–कफी, खाद्य प्रशोधन, जुट, स्ट्रबोर्ड, बिस्कुट, प्लाइउड, छालाजुत्ता, दाल, अलैँची, जडीबुटी आदि निकासी उन्मुख उद्योगहरुको नेपालको निकासीमा बाहुल्यता छ । देशले आधुनिक उद्योगमा कहिले औद्योगिकीकरण गर्ने हो ? निकासीको लागि बलियो उत्पादन आधारको कमीमा नेपालको निकासीका क्षेत्रबाट सृजित रोजगारी गणना गर्न गाह्रो छ ।

नेपालको निकासी समस्या मुख्यतः नेपालमा रहेको भौगोलिक र आर्थिक परिस्थितिले उब्जाएको छ । नेपाल भूपरिवेष्ठित भएका कारण धेरै समस्या भोग्नुपरेको छ । नेपालमा योजनाबद्ध विकास प्रयास सन् १९५६ पछि शुरुवात भयो । अझै प्रारभ्भिक र कच्चा वस्तुहरु नेपालको निकासी व्यापारमा संलग्न छ । नेपालको निकासी व्यापारको अवरोधका रुपमा भारतबाट समुद्रपार बजारमा सन् १९७० देखि २००० सम्म नेपालको निकासीका मोड विस्थापित भएकोलाई लिइन्छ । भारतसँग पहिलेदेखि रहँदै आएको व्यापार बचत यथावत् राखेर नेपालले आप्mनो समुद्रपार व्यापार समुद्रपारतर्फ मोड्न सकेको भए उत्तम हुने थियो । सन् १९७०÷०७१ मा रु. ५१९.८ मिलियन बराबरको नेपालको निकासी व्यापार सन् १९९१÷०९२ मा रु. ९ अर्ब भई सन् २०११÷०१२ मा आइपुग्दा रु. ७५ अर्ब बराबरको भएको छ । सन् २०१४÷०१५ मा नेपालको निकासी ८५ अर्बमात्र भएको छ । २०१५÷०१६ को ९ महिनामा नेपालको निकासी रु. ४९ अर्बमात्र भएको छ ।

वि.सं. २०७९÷०८० को चैत्रसम्मको व्यापार घाटा करिब रु. ११ खर्ब रहेको छ । सोही अवधिमा आयात भने रु. १२ खर्ब १ अर्ब ५० करोडको रहेको र निकासी १ खर्ब १८ अर्ब २८ करोडको रहेको छ । यस अवधिमा आयात अघिल्लो नौ महिनाको तुलनामा १८ प्रतिशतले घटेको र निकासी २६ प्रतिशतले घटेको देखिएको छ । निकासीको पहिलो नम्बरमा भटमासको तेल र दोस्रो नम्बरमा पाम तेल रहको छ । अलैँचीको निकासी स्थान तेस्रोमा रहेको छ ।

१६४ देशबाट रु. १९ खर्ब २१ अर्बभन्दा बढीको सामान आयात भएको छ । भारतबाट २०७८÷०७९ मा नेपालले रु. १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो । ंरु. १२ खर्बभन्दा बढीको सामान आयात हुँदा एक खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरका सामान निर्यात भएको थियो । नेपालले भारतसँग मात्र २०७८÷०७९ मा रु. १० खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापार घाटा व्यहोरेको थियो ।

निर्यातभन्दा आयात बढी हुँदै आएकोले नेपालको व्यापार घाटा बढ्दै आएको छ । २०७९÷०८० मा भएको कुल व्यापारमा निर्यात हिस्सा ९ प्रतिशतमात्र रहेको छ । त्यसै गरी आयात हिस्सा ९१ प्रतिशत रहेको छ । सबभन्दा बढी व्यापार घाटा भारतसँगै रहँदै आएको छ । भारतसँग मात्र पाँच महिनामा ३ खर्ब ५२ अर्ब ८० करोड २९ लाख ६७ हजारको व्यापार घाटा भएको छ । समग्रमा व्यापार घाटाको ६० प्रतिशतभन्दा बढी हिस्सा भारतले ओगटेको छ । अधिक व्यापार घाटा हुने दोस्रो देशमा चीन परे पनि चीनसँग व्यापार घाटा ९४ अर्ब ३३ करोड ६३ लाखमात्र रहेको छ ।

निकासी ह्वात्त बढ्न नसकेकोले वाणिज्य नीति २०१५ जारी गरिएको छ । निकासी प्रवद्र्धन क्षेत्रमा आवश्यक परिवर्तन गरिएका छन् र पारवहन–गोदाम सुविधासहित अन्य निकासी प्रवद्र्धन सेवा विस्तार र विकास गर्न विभिन्न उपायहरु लिइएका देखिन्छन् ।

सन् १९७१ मा व्यापार प्रवद्र्धन केन्द्र (हाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र) को स्थापना र देशको निकासी प्रवद्र्धनतर्फ आधारभूत प्रयासका अन्य संस्थाहरुले ध्यान दिए । नेपालको निकासी व्यापार धेरै ऐन–विनियमहरुले परिचालित छन् । आधारभूत सुविधाका प्रयासमा समन्वयोन्मुख निकासी व्यापारमा आधारित राष्ट्रिय केन्द्रविन्दुका रुपमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रलाई सुदृढीकरण गरी उन्नतशील गरिएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको निकासी व्यापार प्रवद्र्धन क्रियाकलापको मुख्य हिस्सामा कार्यगत क्रियाकलाप अन्तर्गत निकासी योजना र तथ्यांक, वस्तु विकास, व्यापार सूचना, बजार विकास अध्ययन र गुणस्तर कायम तथा बजार प्रवद्र्धन आदि छन् । बेला–बेलामा नेपाल सरकारले घोषणा गरेका व्यापार नीतिले नेपालको निकासी व्यापारलाई असर परेको छ । व्यापार नीति २०१५ ले निकासी प्रवद्र्धनका लागि प्रशस्त प्रावधान र डब्लुटीओको प्रावधान पनि समेटी राखिएको छ । सन् १९८५ पछि नेपालको शताब्दीअघिदेखि नेपालको निकासी भएका वस्तुहरु अन्न, घिउ, काठ, जुट, राडीपाखीको निकासी ठप्प भएको थियो । सन् १९८५ पछि देखा परेका गलैँचा, तयारी पोशाक, पश्मिनाको निकासी पनि घटेको छ । केही वर्ष निकासी भई चर्चामा रहेको झुसेतिलको निकासी धेरै पहिले नै बन्द भएको छ । गत पाँच वर्षअघिदेखि नेपालको निकासी वस्तुको नम्बर एकमा दर्ता भएको फलाम र स्टिलका वस्तुलगायत अरु नौला निकासी वस्तु आएको देखिन्छ ।

नेपालको उत्पादित वस्तुको निकासी बढाउने प्रयासहरु जारी छन् । सन् १९८० पछि नेपालको निकासी संरचनामा कृषिबाट उत्पादित वस्तुमा बिस्तारै ढल्केको छ । २०७१÷०७२ साल आउँदासम्म नेपालको निकासी व्यापारको क्षेत्रमा धेरै प्रयास भए पनि, यसले निकासीका विभिन्न पक्ष केन्द्रित गरे तापनि देशको निकासी व्यवस्थापन समस्या सुल्झाउन अझ कठिन प्रयासका बाबजुद निकासी व्यवस्थापन गर्नुपर्दछ ।

२०७२ सालपछि नेपालमा कसरी निकासी कारोबार व्यवस्थित गरिएला त ? देशमा भएका निकासी आधारभूतका असर के–के हुन् त ? कसरी यी आधारभूतहरु व्यवस्थित गरिएका छन् त ? व्यापार नीति परिवर्तनका प्रतिफल के–के हुन् । निकासी विस्तार र विविधीकरणमा यसको व्यवस्थापनका असरहरु के–के हुन् ? नेपालमा निकासी आपूर्ति व्यवस्थापन अवस्था के छ ? नेपालको निकासी वस्तुहरुका लागि निकासी बजार व्यवस्थापनसँग सम्बन्धित समस्याहरु के–के छन् ? यस्ता प्रश्नका उत्तरहरु खोजेमा नेपालको निकासी व्यवस्थापन गर्न सहज पर्न जान्छ कि !

नेपालको निकासी नीति र निकासी गतिविधिको सन्दर्भमा नेपालको निकासी व्यवस्थापनमा माथिका क्षेत्र केन्द्रित गरिएका छन् त ? नेपालले निकासी व्यवस्थापनका लागि २०७९÷०८० सालपछि निकासी गतिविधिका मूल्यांकन कसरी गर्ने त ? नेपालको निकासीको दिशा पहिल्याउन आगामी दिनमा विगतका निकासी व्यवस्थापनमा निकासीसँग सम्बन्धित संस्थाहरुले खेलेको भूमिकाको मूल्यांकन गर्नुपर्दछ । नेपालको निकासी, आयात–आपूर्ति व्यवस्थापनको ढाँचा व्यवस्थित गर्नुपर्दछ । नेपालको निकासी बजार र यसको व्यवस्थापन गर्नुपर्दछ । निकासीलाई तथ्यांकीय विधिद्वारा विश्लेषण गरी निकासी व्यापार व्यवस्थापन गर्न सकिन्छ । नेपालका निकासीकर्ताहरुबाट प्राप्त प्रारभ्भिक विवरणहरु पनि निकासी व्यापार व्यवस्थापनमा सघाउ पुग्न सक्छन् । निकासी कार्यको मूल्यांकन गर्न विभिन्न तथ्यांकीय औजारहरु प्रयोग गर्न सकिन्छ । निकासी र आर्थिक वृद्धिको सम्बन्ध देखाउन कृषि र गैरकृषि कुल गार्हस्थ्य उत्पादन, निकासी र पैठारीलाई रिग्रेसन माध्यमद्वारा आँकलन गर्न सकिन्छ ।

यस्तै दीर्घकालीन वर्षका कुल गार्हस्थ्य उत्पादन र निकासी प्रतिफल तुलना गरी निकासी व्यापार व्यवस्थापन गर्न सकिन्छ । नेपालको निकासीलाई सामान्य र वास्तविक उपलब्धि निकासीमा परिणत गरी उक्त सामान्य र वास्तविक निकासीलाई कुल गार्हस्थ्य उत्पादनसहित निकासी मूल्य इन्डेक्ससँग सम्बन्ध गरी देखाइन्छ । नेपालको निकासीलाई आपूर्ति तत्वका रुपमा कृषि र औद्योगिक उत्पादनलाई लिई मूल्य तत्वका रुपमा सम्बन्धशील मूल्य अनुपातलाई विश्लेषणद्वारा निकासी व्यापार व्यवस्थापन गरिन्छ ।

निकासी मूल्यको परिवर्तनका आधारमा मूल्य परिवर्तनका असर र आयतन–परिमाण परिवर्तनका असरलाई छुट्याई निकासी व्यापार व्यवस्थापन गरिन्छ । नेपालको निकासी व्यापारको तथ्यांकमा वस्तुगत कारोबारलाई समेटेको छ । यसमा सेवा व्यापारको तथ्यांक समावेश छैन । नेपालसँगको चीन र भारतको सीमाक्षेत्रमा हुने अधिकांश व्यापार नेपालको वैदेशिक व्यापार तथ्यांकमा समावेश छैन, किनभने यस्तो विवरण उपलब्ध छैन । नेपालको निकासी व्यापार व्यवस्थापन गर्ने कार्य सहज बनाउन निकासी नीति व्यवस्थापन, निकासी आधारभूत व्यवस्थापन, निकासी आपूर्ति व्यवस्थापन, निकासी बजार व्यवस्थापन, निकासी व्यवस्थापन नमुनाबाट निकासीका व्यवस्थापन क्षेत्र पहिल्याउन सकिन्छ ।

(लेखक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्व–नायब कार्यकारी निर्देशक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्