बुटवलमा लुम्बिनी केबलकारको सेवा सुरु  

धार्मिक पर्यटक भित्राउन टेवा पुग्ने अध्यक्ष ढकालको भनाई 



बुटवल।

लुम्बिनी प्रदेशमै पहिलो बुटवलमा स्थापना भएको लुम्बिनी केबलकारले व्यवसायीक सेवा सुरु गरेको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित बुटवलबाट पाल्पाको वसन्तपुरसम्म चल्ने लुम्बिनी केबलकार सोमबारदेखि व्यवसायीक सेवा शुभारम्भ गरेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते शिलान्यास गरेको यो केबुलकार व्यावसायिक रुपमा सञ्चालनमा आएको  हो । कुल ५ अर्ब रुपैयाँलागतको आयोजना मध्ये पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ भने टप स्टेसनमा साढे ३ अर्ब लागतमापांचतारे होटेल, क्यासिनो र ७ सय जना क्षमताको सेमिनार हललगायत संरचना निर्माणको चरणमा छन् ।

तीन वर्ष अघि स्थानीय लगानी कर्ताको आग्रहमाव्यवसायिक घरानाआईएमई ग्रुरुपले नेतृत्व गरेपछि लुम्बिनी केबुलकार निर्माणले गतिलिएको हो । सोमबार केबलकारको बटम स्टेशनमा पण्डितहरुबाट धार्मिक विधिअनुसार पूजा आराधना गरेपछि केबलकार सञ्चालन सुरु भएको हो । बुटवलको वडा नं ३ मा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ वसन्तपुरमा टप स्टेशन रहेको केबलकार २ दशमलव ६ किलोमिटरको दुरी रहेको छ । बटम स्टेशनबाट १० मिनेटमा टप स्टेशनमापुग्न सकिन्छ ।

एउटा गोण्डालामा आठ जनायात्रा गर्न मिल्ने २५ वटा गोण्डाला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने लुम्बिनी केबलकार प्रालिका अध्यक्षचन्द्र ढकालले बताउनु भयो ।
केबलकारको टप स्टेशन वसन्तपुरमा कामाख्या देवीको मन्दिर बनाइएको छ । केबलकार सञ्चालनसंगै कामाख्या मन्दिर दर्शन गर्नेको चहलपहल बढ्ने विश्वास आयोजकले लिएका छन् ।

कामाख्या देवी मन्दिर र बसन्तपुरकोे चीसो हावापानीले विशेष गरी भारतीय पर्यटक र हिन्दु धर्मावलम्बीलाई आकर्षित गर्ने दाबी  अध्यक्ष ढकालको छ ।
टप स्टेशनमा पांचतारे होटेल र क्यासिनो बनेपछि दैनिक ५ हजार भारतीय पर्यटक भित्राउने लक्ष्य रहेको अध्यक्ष ढकालले दाबी  गर्नु हुन्छ ।

लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार सञ्चालनमा ल्याइएको हो । यसले पाल्पाको वसन्तपुर क्षेत्र मात्र नभएर त्यसको आधार स्टेशन रहेको बुटवल र यस आसपासको पर्यटन विकाससँगै आर्थिक गतिविधिलाई चलायमान बनाउने छ । सातवटै प्रदेशमा केबलकार सञ्चालन गर्ने योजनामा रहेको आईएमई ग्रुपको यो तेस्रो केबलकार हो ।

यसअघि चन्द्रागिरि र मौला कालिका केबलकार सञ्चालनमा आइसकेका छन् ।

केबलकारले बुटवल उपमहानरपालिका र तिनाउ गाउँपालिकालाई प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्क बापत छुट्टाएको छ । केबलकार चढ्न १००० हजार शुल्क निर्धारण गरिएको छ । विद्यार्थी र स्थानीयलाई भने शुल्कमा २५ प्रतिशत छुट दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्