महाकाली नदीमा बगेर बालक बेपत्ता



दार्चुला ।

दार्चुलामा महाकाली नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । महाकाली नगरपालिका–१ धम्पनेराका १५ वर्षीय बालक सुदिप धामी दिउँसो महाकाली नदीमा बगेर बेपत्ता भएका हुन् । साथीहरुसँग महाकाली नगरपालिका–१ कलौनस्थित महाकाली नदीमा पौडी खेलिरहेका धामी नदीमा डुबेको तथा त्यसको केही समय पछि नदीमा बगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयले जानकारी दिए ।

करिब एक किलोमिटर तल पुलघाट क्षेत्रमा बग्दै गरेको देखिएपनि त्यसपछि भेटाउन नसकिएको उनले बताए । बेपत्ता धामीको सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी गरिरहेको छ । धामी महेन्द्र नमूना मावि खलंगामा कक्षा १० मा अध्ययनरत छात्र हुन् ।

प्रतिक्रिया दिनुहोस्