कथालयद्वारा चित्रपुस्तक ‘राक्षस तर्साउने केटाहरू’ सार्वजनिक



काठमाडौं । बाल चित्रकथा ‘राक्षस तर्साउने केटाहरू’ कथालयले सार्वजनिक गरेको छ । उक्त पुस्तक आज (सोमबार) सार्वजनिक गरिएको हो ।

जेना बाउरले लेखेको यो चित्रपुस्तकमा मालगोसिआ जायातका चित्र समावेश छन् । पुस्तकको नेपाली अनुवादक भिक्टर प्रधान हुन् । भिक्टर प्रधान विगत २० बर्षदेखि नेपाली बालसाहित्यको क्षेत्रमा कार्यरत छन् ।

यो चित्रकथा दुई साथी ओट्टो लोकस र फिलिप राबिटीबीचको रमाइलो कुराकानीमा आधारित छ । आफ्नो कोठामा राक्षस लुकिरहेको फिलिपले सुनाएपछि ओट्टोले ‘केही हुँदैन’ भनेर सान्त्वना दिन्छ र दुवै फिलिपको कोठामा जान्छन् ।

के उनले राक्षसलाई पत्ता लगाउलान् ? त्यहाँ राक्षस नै थियो कि अरू कुनै जीवजन्तु ? चित्रकथाको अन्त्यले हाम्रो धारणा नै बदल्छ । र, हरेक राक्षसको केही न केही कमजोरी हुने भएकाले निडर भएर अघि बढ्न पनि सन्देश दिन्छ ।

प्रतिक्रिया दिनुहोस्