अभिनेता खड्का सम्मानित



ग्रेटर नेपाल महाअभियानद्वारा राजधानीमा आयोजित कार्यक्रममा अभिनेता, निर्माता तथा निर्देशक नवल खड्कालाई सम्मान गरेको छ।

अभियानले शान्तिवाटिकामा गरेको भ्रष्टाचारविरुद्वको सभामा खड्कालाई देशभक्त नायक भन्दै एक लाख ५० हजार रुपियाँसहित सम्मान गरेको हो। अभिनयले प्रोत्साहनस्वरुप उनलाई सो सम्मान प्रदान गरेको जनाएको छ। सभामा सुरेन्द्र ढकाल प्रतिष्ठानका संयोजक डा. सुरेन्द्र ढकालले देश निर्माणमा कटिबद्ध भएका व्यक्तिलाई प्रोत्साहन गर्नुपर्ने बताए।

यसैकारण हामीले देशभक्ति भावना सञ्चार गर्ने दशगजा, आवाज, क्रान्ति, भीमदत्त, काँडेतारजस्ता फिल्मका नायक, निर्माता तथा निर्देशक खड्कालाई सम्मान गरेका हौं सभामा उनले भने। सभामा नवल खड्काले सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्दै देशका लागि केही गरेर देखाउने प्रोत्साहन मिलेको जनाए। हामीले सिमानामा काँडेतार बार लगाउनुपर्छ भनेर खुल्ला प्रस्ताव गरेका छौँ।

यस विषयमा संसदमा बहस होस्, देश विदेश हरेक ठाउँमा बहस होस्। हाम्रो माग अनि चाहना यी छ, खड्काले भने ञहाल चलिरहेको नक्कली भुटानी शरणार्थी काण्ड खुला सिमानाकै कारण भएको हो। आप्mनो देशको नागरिक बेच्नले देश पनि बेच्छन्। त्यसैले, देशभक्तहरु एक भएर अघि बढ्नु आजको आवश्यकता हो।

कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले भ्रष्टाचारले मुलुक बर्बादीतर्फ गइरहेको र राष्टिझय मुद्दा र राष्टिझय सम्मानमा आँच आइरहेको चर्चा गरे। अभियन्ता तारा बरालले नवलको प्रदर्शाेन्मुख फिल्म काँडेतारलाई शुभकामना दिँदै देश नै पहिलो कुरा भएको सबैले मनन गर्नुपर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्