बजारमा गुणस्तरहीन तोरीको तेल



काठमाडौं । बजारमा विभिन्न नाममा गुणस्तरहीन तोरीको तेल बिक्री भइरहेकोप्रति वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता तथा बिक्रेतालाई सचेत गराएको छ । विभागले एक सूचना जारी गर्दै सरकारी निकायबाट इजाजत नलिई अवैध तरिकारले बजारमा गुणस्तरहीन तोरीको तेल भित्र्याएर बिक्री वितरण भइरहेको भन्दै त्यस्तो तोरीको तेलको कारोबार नगर्न सचेत गराएको हो ।

गुणस्तरहीन तोरीको तेल विशेषगरी तराईको बजारमा व्यापक रूपमा कारोबार हु“दै आएको छ । नेपाल चामल तेल दाल उद्योग संघको उजुरीका आधारमा विभागले गुणस्तरहीन तोरीको तेलको कारोबारविरुद्ध एक्सनमा उत्रिएको हो । संघको उजुरीपछि विभागले इजाजत नदिई कारोबार हु“दै आएको तोरीको तेलको बिक्री वितरणमा रोक लगाउनुका साथै आवश्यक निगरानी गर्न विभिन्न निकायलाई पत्राचारसमेत गरिएको जनाएको छ ।

विभागले अवैधरुपमा नेपाल भित्रिएको कुनै पनि सामग्री कही“कतै सञ्चित गर्न, ढुवानी तथा थोक तथा खुद्रा बिक्री वितरण नगर्न÷नगराउन सचेत गराउ“दै त्यसो गरेको फेला परेमा उपभोक्ता संरक्षण ऐन २०७५ एवम् अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने जनाएको छ । त्यस्ता कारोबार भइरहेको वा बजारमा त्यस किसिमका वस्तुबारे थाहा पाए विभागमा जानकारी गराउनसमेत आग्रह गरेको छ । नेपाल चामल तेल दाल उद्योग संघले अवैधरूपमा भित्रिएको तोरीको तेलका कारण स्वदेशी उद्योग बन्द हुने स्थितिमा रहेको भन्दै तोरीको तेलको अवैध कारोबार रोक्न विभागमा उजुरी दिएको थियो ।

सीमावर्ती बजारमा भारतका विभिन्न स्थानबाट अवैधरूपमा भित्रिएका विभिन्न नाममा रहेका तोरीको तेलको खुलेयाम कारोबार हु“दै आएको छ । नेपालमा त्यस्तो तेलको गुणस्तरसमेत परीक्षण नभएको तथा कारोबारका निम्ति इजाजतसमेत नलिइएकाले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने वस्तुको कारोबार रोक्नुपर्ने उपभोक्ताकर्मीहरुको भनाइ छ । एकतिर राष्ट्रिय अर्थतन्त्रमा असर पार्ने र अर्कोतिर जनताको स्वास्थ्यमा पनि नोक्सानी पु¥याउने गुणस्तरहीन तोरीको तेलको अवैध कारोबारलाई नियन्त्रण गर्न स्थानीय प्रशासन चनाखो हुनुपर्ने उपभोक्ताकर्मीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्