मोडर्न इन्डियन स्कुलमा खेलकुद समापन



काठमाडौं । चोभारस्थित मोडर्न इन्डियन स्कुल (एमआईएस) मा खेलकुद प्रतियोगिता समाप्त भएको छ । प्रतियोगितामा ११ विद्यालयका करिब ५ सय भन्दा बढी विद्यार्थीले सहभागिता जनाएको थियो । एमआईएससँगै सेन्ट जेभियर्स, ज्ञानोदय, रातो बङ्गला, त्रियोग, रुपिज, आलोक विद्याश्रम, राई स्कूल, चाँदबाग, केभी स्कूल, टोरन स्कूलका विद्यार्थीले सहभागिता जनाएका थिए ।

प्रतियोगिताअन्तर्गत गल्र्स टेबलटेनिस टिम इभेन्टमा एमआईएसले स्वर्ण जित्यो । एमआईएसले त्रियोगलाई ३–१ सेटले हराएको थियो । ब्वाइजको टिम इभेन्टमा पनि एमआईएसले नै बाजी मा¥यो । विजेता टोलीले केन्द्रीय विद्यालय (केभी) लाई ३–१ सेटले नै हराएको थियो ।

ब्याडमिन्टनतर्फ १४ वर्ष मुनि ब्वाइजमा एमआईएसका रायन नाथले एमआईएसकै तनिष्क मित्तललाई २–१ सेटले हराएर स्वर्ण जिते । १७ बर्ष मुनि ब्वाइज फाइनलमा सेन्ट जेभियर्सका प्रशोभ रत्न शाक्यले डीएभीका भावेश अग्रवाललाई २–१ ले हराए ।

यस्तै १४ वर्ष मुनि गल्र्स फाइनलतर्फ त्रियोगकी ज्योति श्रेष्ठले सेन्ट जेभियर्सकी साक्षी रानालाई २–१ ले हराएकी थिइन् । १७ वर्ष मुनि गल्र्समा सेन्ट जेभियर्सकी प्रनिषा श्रेष्ठले सेन्ट जेभियर्सकी स्मृति यादवलाई २–१ ले हराएकी थिइन् ।

चेसअन्तर्गत ब्वाइज फाइनलमा त्रियोगका सुलक्ष भट्टले केभीका शिवेन्दु चौधरीलाई हराए । गल्र्स फाइनलमा त्रियोगकी रिया श्रेष्ठले सेन्ट जेभियर्सकी मनस्वी शर्मालाई पराजित गरिन् ।

यसैगरी बास्केटबल गल्र्सतर्फको फाइनलमा चाँदबागले एमआईएसलाई २०–११ अंकले हराएर उपाधि जित्यो । तर, ब्वाइजतर्फ भने एमआईएसले राई स्कूललाई ५६–२७ ले हराएर उपाधि जित्न सफल भयो । फुटबलतर्फ सेन्ट जेभियर्स स्कुलले द चन्दबाग स्कूललाई २–१ ले हराएर उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्