भिभ एन्डरसन उत्कृष्ट फुटबलरको सूचीमा



लन्डन, (एजेन्सी) । इंग्ल्याण्डका पूर्व फुटबलर भिभ एन्डरसनलाई डेभिड बेकह्याम, लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो र रोनाल्डिन्हो जस्ता प्रभावशाली फुटबलरहरुको सूचीमा सामेल गरिएको छ ।

ब्रिटिश मिडिया फोर फोर टू ले जारी गरेको ५० प्रभावशाली फुटबलरको सूचीमा एन्डरसनलाई शीर्षस्थानमा राखिएको हो । ६५ वर्षीय पूर्व डिफेन्डरले क्लब करियरमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले पूर्व नटिङ्घम फरेस्ट क्लबका प्रबन्धक ब्रायन क्लाउको नेतृत्वमा दुईवटा यूरोपेली कपको उपाधि पनि जितेका थिए । नटिङ्घम फरेस्टमा दशकौं लामो प्रभावशाली खेल पस्केका एन्डरसनले सन् १९८४ पछि आर्सेनल, म्यानचेस्टर युनाइटेड र शेफिल्डबाट पनि खेलेका थिए । त्यतिमात्र होइन, नटिङ्घम फरेस्टका यी लिजेन्डले इङ्गल्यान्डको प्रतिनिधित्व गर्ने पहिलो अश्वेत खेलाडी बनेर इतिहासका पुस्तकहरूमा आफ्नो नाम सधैंको लागि कोरेका छन् ।

फोर फोर टू ले जिनेदिन जिदान, एन्टोनिन पानेन्का, डिएगो म्याराडोना, लियोनल मेसी, पेले, योहान क्रुइफ जस्ता फुटबल लिजेन्डहरूको स्टार–स्टड गरिएको उक्त सूचीको पहिलो स्थानमा उनलाई राखेको हो । उक्त सूचीको दोस्रो र तेस्रो स्थानमा भने जोशे एन्ड्रेद र ओस्सी आर्डइल्स रहेको छ । फुटबल म्यागजिनका अनुसार, एन्डरसन थ्री लायन्सका लागि “टोकन पिक” थिएनन् र उनलाई “इंग्ल्यान्ड लिजेन्ड” बनाउनका व्यापक रूपमा सुझाव दिइएको थियो ।

सन् १९७८ मा चेकोस्लोभाकिया विरुद्धको खेलमा इंग्ल्याण्डको जर्सीमा उनले पहिलो पटक खेलेका थिए । सोही म्याच खेल्दा उनले लगाएको उक्त जर्सी म्यानचेस्टरको पीपुल्स हिस्ट्री म्युजियममा प्रदर्शन पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्