मौलिक गीतमा सन्तुको सन्तुष्टि



गुल्मीको तम्घासस्थित छापटोलका सन्तु थापाले विद्यालय जीवनमै राम्रो गायक बन्ने लक्षण देखाइसकेका थिए।

विद्यालय जीवनमै साथीभाई माझ गीत गाउने उनको स्वर प्रतिभा सुनेपछि साथीभाइ, शिक्षक शिक्षिका, नातेदार सबैले तिमी त गायक बन्छौ, तिमी त गायक बन्नुपर्छ भनेर उकास्थे। उनी पनि मख्ख परेर झन् सुर हाल्दै मच्ची मच्ची गीत गाइदिन्थे। साथीभाई, शिक्षक शिक्षीका र नातेदारमाझ गीत गाउँदै जाँदा सन्तु विद्यालय र स्थानीय क्लबका सांगितीक र सांस्कृतिक कार्यक्रमको गीत संगीत प्रतियोगितामा गीत गाएर पहिलो वा दोस्रो हुन थालेछ। त्यसपछि त झन् के चाहियो र? सबै प्रेरित गर्न थाले तिमी त गीत नै गाऊ।

साथीभाई र नातेदारको प्रेरणाबाट गीत गाउन थालेका उनले हुन पनि पछि गएर गीत संगीत क्षेत्रलाई नै आप्mनो करियर बनाए। यससँगसँगै गीत गाउन थालेका छोटो समयमै उनले लोभलाग्दो सफलता पनि पाए। गायन र संगीतसँगै नृत्य पनि उत्तीकै दख्खल राख्ने उनले १२ लामो सांगीतिक करियरमा १८÷१९ एकल एलबम बजारमा ल्याइसकेको छन् भने पाँच दर्जन गीत गाइसकेका छन्।

२०६८ सालमा आपै“m पनि जानीनं बोलको गीत रेकर्ड गराएर औपचारिकरुपमा गीत संगीत क्षेत्रमा प्रवेश गरेका थापाले पहिलो गीतबाटै सफलता पाए। पहिलो गीत नै चलेपछि उनले त्यसपश्चात् कहिल्यै पछाड फर्केर हेर्नुपरेन। सालैजो, कौरा, पञ्चै बाजा, दोहोरी, भ्mयाउरे, सोरठीजस्ता मौलिक र सांस्कृति गीत गायनमा रमाउँदै र सफलता चुम्दै आएका गायक थापालाई आफै पनि जानीनपछि तम्घास बजार, मुखैले ठिक्क बनायो, नाईं नाईं भन्छ मायाले, सुपारी काँचो, हासेर बोल, आँगनीको डिलैभरी, म्याग्देली माया, लाउरे दाइलाई, रेसुगा डाँडाजस्ता गीतले थप सफलता र उचाइ दिलायो।

ञसाथीभाइ, टिचर र रिलेटिभ्सले प्रेरित गरेपछि गीत संगीत क्षेत्र छानें, यसमा सफल पनि भएँ। यो सब हेर्दा मैले संगीत क्षेत्र चुनेर सही निर्णय गरें भन्ने लाग्छ। अब म जीवनभरि गीत गाएरै बस्छुु गायक थापा भन्छन् ञकिनभने मैले जानेको भनेकै गाउन हो। गायनबाटै चलेको छ मेरो जिन्दगी। गाउनेबाहेक मेरो अरु सीप छैन।

हुन पनि गायनले उनलाई नेपालका विभिन्न जिल्लादेखि विश्वका विभिन्न कुनासम्म पुर्याउँदै आएको छ। मौलिक र सांस्कृतिक गीत प्रस्तुतिका लागि देशदेखि विदेशसम्म हुने गरेका मेला, महोत्सव, सांगीतिक र सांस्कृतिक कार्यक्रममा माग भइरहने उनी यस्तै कार्यक्रममा लागि हालै युरोप पुगेर फर्केका छन् भन दोस्रोपटक आज पुनः युकेतर्पm जाँदैछन्। जुनसुकै विधाको गीत गाउने क्षमता बोकेका ४४ वर्षीय उनी गायन प्रस्तुतिकै लागि भारत, युके, अस्ट्रेलिया, युएई र मलेसियाका साथमा युरोपका फिनल्यान्ड, लक्जम्बर्ग, बेल्जियम, स्पेन, इटली, चेक रिपब्लिक, फ्रान्स, माल्टा, स्टोनिया पुगेर आप्mनो प्रस्तुति प्रस्तुत गरी त्यहाँ रहेका नेपाली र स्थानीय नागरिकको मन जित्दै आएका छन्।

गीत गाएरै म्युजिक खबर अवार्ड, छायाँछवि अवार्ड, सगरमाथा अवार्ड, नेसनल क्यापिटल अवार्डजस्ता सांगीतिक अवार्ड चुम्दै आएका सन्तु मेहनत र साधना गरे यो क्षेत्रमा सजिलै टिक्न र बिक्न सकिने बताउँछन्। ञयो कलाको क्षेत्र हो। यो क्षेत्रमा आप्mनो लागि आफैले संघर्ष गर्नुपर्छ। कसैले कसैका लागि गरिदिएर हुँदैन, सन्तु भन्छन् ञमेहनत र साधना गरे यो क्षेत्रमा टिक्न र बिक्न कसैले छेकेर छेक्न सक्दैन।

तर, मेहनत र साधनाचाहिँ अपरिहार्य छ। हरेक विधाको गीत गाउने क्षमता भएपछि यी गायक मौलिक र सांस्कृतिक गीत नै गाउन रुचाउँछन्। भन्छन् ञसबै प्रकारका गीत गाउन सक्छु, तर मौलिक र सांस्कृतिक गीत गाउन सजिलो र आनन्द लाग्छ। यस्ता गीत गाउँदा गहिरो आत्मसन्तुष्टि मिल्छ। किनभने अरु गीत आउँछन् र जान्छन्। तर, यस्तो गीत सधैं रहिरहन्छन्। यस्तो गीत अर्को पुस्ताले पनि सुन्छ।

प्रतिक्रिया दिनुहोस्