भारतको अवार्ड कार्यक्रम काठमाडौंमा हुने



नेपाल र भारतका फिल्म, संगीत, पत्रकारिता, पर्यटन, खेलकुदजस्ता क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरिने भारतको क्याप्टिभेटिङ क्रिएसन अवार्ड्सको छैटौं संस्करण आगामी जेठ २१ गते काठमाडौंमा हुने भएको छ।

फर्न इभेन्ट्सले यसबारे जानकारी दिन राजधानीमा गरेको पत्रकार सम्मेलनमा आयोजक संस्थाका सह संस्थापक हरिश बब्बरले एक दशकदेखि भारतका विभिन्न शहरमा आयोजना हुँदै आएको अवार्ड कार्यक्रम पहिलोपटक भारत बाहिर गरिन लागेको जानकारी गराए।

ञकोभिड १९ पछि थलिएको दुवै देशको पर्यटन व्यवसायलाई यो अवार्ड समारोहले ऊर्जा दिनेछ भन्ने हाम्रो विश्वास छु उनले भने। समारोहमा नेपालका सेलिब्रेटीसँगै भारतीय अभिनेता रञ्जित, अभिनेत्री भाग्यश्री, टेलिभिजनकर्मी तथा कलाकार बिन्दु दाह्रा सिंहसहित झन्डै एक दर्जन भारतीय सेलिब्रेटीको सहभागिता रहने जनाइएको छ। भारतबाट आउने सेलिब्रेटीलाई नगरकोटको साइट सिन गराउने योजना रहेको सांग्रिला भोयाजका प्रवन्ध निर्देशक दीपक खनालले जानकारी गराए। समारोहमा नेपालको तर्फबाट सिर्जना सूत्रले सहभागिता जनाएको छ भने सजलजंग केसीले इभेन्ट म्यानेज्मेन्टको जिम्मा लिएका छन्।

प्रतिक्रिया दिनुहोस्