अधिवक्ता युवराज सफलमाथि कुटपिट



काठमाडौँ।

अधिवक्ता युवराज सफलमाथि कुटपिट भएको छ। काठमाडौंको नयाँ बानेश्वरमा शनिबार दिउँसो सोम शर्मा र विप्लव खड्का लगायतको समूहले उनीमाथि कुटपिट गरेको हो।

नागरिकता विधेयकको विरोधमा भइरहेको आन्दोलनमा सहभागी सफललाई उनीहरुले जिस्काएपछि सफल जंगिएका थिए । त्यसपछि आक्रोशित भिडले सफलमाथि आक्रमण गरेको बताइएको छ । त्यहाँ केहीबेर तनाव भएको थियो।

अहिले खड्का लगायत केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया दिनुहोस्