प्रधानमन्त्री प्रचण्ड र एमाले नेताहरूबीच सदनको अवरोध हटाउनेबारे छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी दल एमालेका नेताहरूबीच बालुवाटारमा छलफल जारी छ । छलफल आज (शनिबार) विहान ८ बजेदेखि शुरु भएको हो ।

जारी उक्त छलफलमा सदनको अवरोध हटाउनेबारे छलफल भइरहेको एमाले नेताले बताएका छन् । प्रमुख सत्तारूढ दल माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको पशुपतिको जलहरीबारे दिएको अभिव्यक्तिको विरोध गर्दै शुक्रबार एमालेले सदन अवरूद्ध गरेको थियो ।

जलहरी पित्तल हो कि सुन हो भन्नेबारे सरकारले सदनलाई स्पष्ट जानकारी गराउनुपर्ने एमालेले माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस्