
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज (शनिबार) साँझ ४ बजे नयाँवानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने भएको हो ।
हिजो (शुक्रबार) प्रतिपक्षी दल एमालेले अवरोध गरेपछि बैठक आज साँझ ४ बजेसम्मका लागि स्थगित गरिएको थियो । आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जारी नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।
शुक्रबार एमालेका सांसदले बैठकको प्रारम्भमै पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफको नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए ।