जङ्गली च्याउ खाँदा तनहुँमा ३ जना गम्भीर बिरामी



तनहुँ । जङ्गली विषालु च्याउ खाँदा तनहुँमा एकै घरका तीन जना बिरामी परेका छन् ।

बिहीबार विहान घर नजिकैको जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि व्यास नगरपालिका–५ चिन्तुटारका एकै परिवारका तीनजना बिरामी परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मोहनबहादुर खाँडका अनुसार शुकबहादुर गुरुङ, उनकी श्रीमती ६० वर्षीया मीनमाया तामाङ गुरुङ र ३२ वर्षीय छोरा थमन गुरुङ बिरामी परेका हुन् ।

उनका अनुसार बिरामी भएपछि तीन जनाको दमौलीस्थित दमौली अस्पतालमा उपचार गरिएको थियो ।

तर, शुकबहादुरलाई थप उपचारको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरामा रेफर गरिएको छ भने बाँकी दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्