संसद्‌मा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको फवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदन अर्थात् माथिल्लो (राष्ट्रिय सभा) र तल्लो (प्रतिनिधि सभा)को बैठक बस्ने भएको छ ।

संसद्को दोस्रो अधिवेशनको १३औँ बैठक आज (शुक्रबार) विहान ११ बजे बस्ने भएको हो । संघीय संसद् भवन नयाँवानेश्वरमा बैठक बस्दैछ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रममाथिको जारी छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संघीय सचिवालयले जनाएको छ ।

त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले २०५० जेठ ५ गते शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८०/८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने छ ।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलले २०८० जेठ ५ गते शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले बताए ।

आजै सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने अर्को कार्यसूची छ ।

सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेलले २०८० जेठ ५ गते शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आर्थिक २०८०/८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

हेर्नुहोस् कार्यसूची :

प्रतिक्रिया दिनुहोस्