लघुवित्तले एकपटकलाई पुर्नसंरचना गर्न पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई एकपटकको लागि कर्जा पुर्नतालिकीकरण तथा पुर्नसंरचना गर्न सक्ने सुविधा दिएको छ । बुधवार एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले यस्तो सुविधा दिएको हो ।

केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाहरुको असुल हुन बा“की ब्याजको न्युनतम ५ प्रतिशत ब्याज रकम असुल गरी कर्जा पुनरतालिकीकरण र पुनरसंरचना गर्न पाउने नया“ व्यवस्था गरेको छ । आवश्यक र औचित्यका आधारमा एकपटकको लागि भन्दै राष्ट्र बैंकले उक्त सुविधा प्रदान गरेको जनाएको छ । राष्ट्र बैंकका अनुसार आगामी असार मसान्तसम्मभित्र नै कर्जा पुरतालिकीकरण र पुर्नसंरचना गरिसक्नुपर्ने छ ।

पुर्नतालिकीकरण वा पुर्नसंरचना गरिएका कर्जालाई ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने एकीकृत निर्देशनमा उल्लेख छ । साथै कर्जा पुर्नतालिकीकरण वा पुर्नसंरचना गर्नुपर्ने स्पष्ट आधार भने चाहिने छ । तर, यसपछि असुल हुन बा“की ब्याजलाई पु“जीकरण गरी आम्दानी जनाउन भने नपाइने राष्ट्र बैंकले जनाएको छ । उक्त रकमलाई छुट्टै खातामा लेखांकन गरी ब्याज असुल भएपश्चात् मात्र आम्दानीका रुपमा देखाउन सकिनेछ ।

यस वापत ऋणीबाट कुनै पनि प्रकारको शुल्क वा हर्जाना लिन नपाइने, किस्ता लगातार ६ महिनासम्म नियमित भए पश्चात् मात्र त्यस्ता कर्जालाई असल कर्जामा वर्गीकरण गर्न तथा कर्जा नोक्सानी व्यवस्थामा समायोजन गर्न पाइने छ ।

त्यस्तै कर्जा नोक्सानी व्यवस्थाबाट राइट ब्याक हुने अवस्था आएमा राइट ब्याक गरिए बराबरको रकम सञ्चित मुनाफा खाता खर्च गरी छुट्टै खातामा लेखांकन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले २०७९ चैत मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई मात्र कर्जा भुक्तानी अवधि बढीमा १ वर्ष थप हुने गरी पुर्नतालिकीकरण वा पुर्नसंरचना गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्