लुम्विनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग



बुटवल । लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन् । जसमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेको जनाइएको छ । बुटवलमा आयोजित अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)स“गको अन्तत्र्रिmया कार्यक्रममा लुम्बिनी प्रदेशमा व्यवसायको सम्भावना र चूनौतीको विषयमा भनाइ राख्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वलप्रसाद कसजूले उक्त तथ्यांक प्रस्तुत गर्नुभएको हो ।

उहा“ले लुम्बिनी प्रदेश वैदेशिक लगानीको आकर्षक क्षेत्र पनि रहेको बताउ“दै वैदेशिक लगानी पहिलो रोजाइ सेवा मुलक, उत्पादन मुलक र पर्यटन क्षेत्रमा रहेको भनाइ राख्नुभयो । त्यसबाहेक लुम्बिनी प्रदेशमा ठूला ८८२, घरेलु तथा साना उद्योग करिब २५ हजार र १ लाख ५० हजार व्यावसायिक प्रतिष्ठान रहेको उहा“ले जानकारी गराउनुभयो ।

तराईका ६ र पहाडका ६ गरी १२ जिल्ला रहेको लुम्बिनी प्रदेशको जम्मा क्षेत्रफल २२ हजार २८८ वर्ग किलोमिटर छ । यो प्रदेशमा प्रचुर कृषि भूमि तथा प्राकृतिक रुपमा धनी प्रदेशको रुपमा रहेकाले कृषिजन्य तथा बनप्रदावारमा आधारित उद्योग तथा पर्यटन उद्योगमा राम्रो सम्भावना देखिएको उहाँले जानकारी गराउनु भयो । उहाँका अनुसार राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा लुम्बिनी प्रदेशको करिब १४ प्रतिशत योगदान रहेको छ ।

लुम्बिनी प्रदेशमा दुई औद्योगिक क्षेत्र, भैरहवामा विशेष आर्थिक क्षेत्र छ । त्यसबाहेक पनि भैरहवा–लुम्बिनी, बुटवल–भैरहवा, भैरहवा–परासी, परासी–भुमही मुख्य औद्योगिक कोरिडोर रहेका छन् । यी कोरिडोरमा मात्रै लुम्बिनी प्रदेशमा रहेका कुल उद्योगका ५० प्रतिशत उद्योग रहेका छन् । त्यसैगरी रुपन्देहीमा प्रस्तावित मोतिपुर औलेगिक क्षेत्र, बाकेमा नौवस्ता औधोगिक क्षेत्र रहेका छन् । यी औद्योगिक क्षेत्रको निमार्ण र सञ्चालनको ढिलाईले उद्योग विस्तार र वैदेशिक लगानीमा तिव्रता आउन नसकेको उहा“ले बताउनुभयो ।

त्यस्तै सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले प्रदेशमा लगानीको राम्रो सम्भावना भएपनि नीतिगत अस्प्रष्टताका कारण प्रयाप्त लगानी आकर्षण पनि हुन नसकेको र लामो समयदेखिको बैंक तथा वित्तीय संस्थामा उत्पन्न भएको लगानीयोग्य पु“जीको अभाव तथा ब्याजदरमा भएको अस्वभाविक बृद्धिका कारण भएका उद्योग प्रतिष्ठान पनि धान्न धौ धौ भएको बताउनु भयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय आईएफसीका आवासीय प्रतिनिधि बाबाकर एस फेईले आईएफसी विश्व बैंक समूहको सदस्य उदीयमान बजारहरूमा निजी क्षेत्रमा केन्द्रित सबैभन्दा ठूलो विश्वव्यापी विकास संस्था रहेको र विकासशील देशमा बजार र अवसरहरू सिर्जना गर्न पूँजी, विशेषज्ञता र प्रभाव प्रयोग गरेर सयभन्दा बढी देशमा काम गर्दै आएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्