अत्यावश्यक क्षेत्रको पहिचान गरी व्यवस्थापन गरेका छौं : नगरप्रमुख अधिकारी



-वासुदेव अधिकारी
नगरप्रमुख लालबन्दी नगरपालिका, सर्लाही

सर्लाहीको लालबन्दी नगरपालिका प्रमुख हुनुहुन्छ– वासुदेव अधिकारी । उहाँ स्थानीय तहमा निर्वाचित भएर आएको एक वर्ष भयो । पालिकाले एक वर्षमा गरेका कार्यप्रगतिका बारेमा हामीले उहाँसँग कुराकानी गरेका छौं । प्रस्तुत छ– पालिका केन्द्रित भएर जिल्ला संवाददाता पुस्तिका केसीले नगर प्रमुख अधिकारीसँग गर्नुभएको काराकानीको सम्पादित अंश :

लालबन्दीले विकास निर्माण र सेवा प्रवाहलाई कसरी अगाडि बढाइरहेको छ ?

सीमिति स्रोत साधन र असीमित आवश्यकताको बीचको तालमेल भनेको अत्यावश्यक क्षेत्रको पहिचान र व्यवस्थापन भएकाले सोही अनुसार काम गरेका छौं ।

बजेट एवं नीति तथा कार्यक्रममको कार्यान्वयन गर्न के–कस्ता योजना बनाउनुभएको छ ?

नीति तथा कार्यक्रम हाम्रो लक्ष्य हो । त्यो लक्ष्य प्राप्तिमा नागरिकको आवश्यकता उपलब्ध स्रोत साधनले भ्याएसम्म कार्यान्वयनमा लागिएको छ ।

तपाईंको स्थानीय तहलाई नमुनायोग्य बनाउन विशेष कुनै कार्यक्रम ल्याउनुभएको छ ?

लालबन्दी नगरपालिका भौगोलिक बनोटको हिसाबमा पनि नमुनायोग्य छ । हामीसँग तराईको फाट भावर क्षेत्र र चुरेको पहाड रहेको छ । विभिन्न जातजातिको बसोबास रहेकाले पर्यटन क्षेत्रका रूपमा पनि विकास गर्ने योजना रहेको छ ।

जनप्रतिनिधि विकास निर्माण, सेवा प्रवाह र सुशासन स्थापित गराउन कतिको संवेदनशील भएको पाउनुभएको छ ?

जनप्रतिनिधि विकास निर्माण, सेवा प्रवाह र सुशासन स्थापित गराउन लागिपरेको नै पाएको छु । नेतृत्वको हैसियतले सबैसँग समन्वयकारी र नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । सबै क्षेत्रबाट सहयोगी भूमिका निर्वाह गरेकाले सहकार्य मजबुत बन्दै गएको छ ।

जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध कस्तो हुनुपर्छ जस्तो लाग्छ ?

सपना देख्ने र पूरा गर्न नीति निर्माण गर्ने कार्य जनप्रतिनिधिको र कार्यान्वयन गर्ने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीहरुको हो । त्यसैले सबै आ–आफ्नो ठाउँमा जिम्मेवारी पूरा गर्नुपर्दछ ।

विकास निर्माणमा जनसहभागिता कत्तिको पाउनुभएको छ ?

व्यक्तिगतरूपमा पनि २५÷३० वर्षअघिको जस्तो सामाजिक क्षेत्रमा जनसहभागी हुने परम्परा घटेको छ । पैसाद्वारा हुने सहभागिता रहे पनि श्रमदान वा श्रम सहभागितामा कमी आएको छ । सायद सबैको कार्य व्यस्तताका कारण पनि हुन सक्दछ । त्यसैले साझेदारी र बोलपत्रतर्फ ध्यान केन्द्रित गरेका छौं ।

लालबन्दीमा बेरुजु र सार्वजनिक खरिदको अवस्था के–कस्तो छ ?

कम बेरुजु हुने जिल्लाको पहिलो नम्बरमा छ लालबन्दी नगरपालिका । हाम्रोमा आर्थिक अनुसान राम्रो र पारदर्शी छ । बेरुजु घटाउन र सार्वजनिक खरिद ऐनको पालना गर्ने÷गराउने काममा प्रमुख प्रशासकीय अअधिकृत र लेखा अधिककृत समेतका कर्मचारीलाई धन्यवाद दिन चाहन्छु ।

काम गर्दै जाँदा आएका समस्या के छन् ?

शुरूमा भनेको जस्तै समस्या र आवश्यकता धेरै छ, स्रोत साधनमा कमि छ । तर पनि आवश्यकता अनुसार प्रविधिको समेत पहुच पु¥याउने कामको प्रारम्भ भएको छ ।

स्थानीय तहले प्रदेश र केन्द्रीय सरकारसँग अन्तरसम्बन्ध कसरी स्थापित गरिरहेको छ ?

स्थानीय सरकारको नाताले हामीले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गरेका छौं । संयुक्त क्षेत्रमा सहकार्य भएको छ । तर पनि प्रदेश र संघले गर्ने व्यवहारमा आपसी छलफल तथा सुधार गर्नुपर्ने देखिन्छ ।

प्रदेश र केन्द्रीय सरकारबाट आवश्यक सहयोग र समन्वय भएको पाइरहनुभएको छ कि छैन ?

जुन सरकारले जे कार्य गरे पनि निश्चित भूगोलभित्र पर्नुपर्ने हुन्छ । भूगोल कुनै न कुनै स्थानीय निकायभित्र पर्ने हुनाले प्रदेश र केन्द्रीय सरकारले अझ बढी समन्वय गर्नुपर्ने देखिन्छ ।

हाल तपाईंको स्थानीय तहले भोग्नुपरेका मुख्य समस्या के छन् ?

स्थानीय सरकारको नाताले व्यक्तिका निजी जीवनका समस्यादेखि राष्ट्रिय समस्यासम्मको सामना गर्नुपर्ने हुन्छ । कानुनअनुसार व्यावहारिक समझदारीबाट पनि समस्या निराकरण गर्नुपर्ने हुन्छ ।

संघीय शासन सफलताका लागि स्थानीय तहको भूमिका कस्तो हुनुपर्छ ?

संघ र प्रदेशले स्थानीय तहको विकासमा जोड दिनुपर्ने हुन्छ । अगाडि भने जस्तै नागरिक कुनै न कुनै स्थानीय निकायसँग जोडिएको छ । संघीय शासनको सफलता प्रत्यक्ष जनताको जनजीवनसँग जोडिएको छ । जनता खुसी भएमात्र संघीयता सफल हुन्छ ।

लालबन्दीलाई देशभरमा चिनिने बनाउन केही विशेष योजना ल्याउनुुभएको छ कि ?

हामीसँग धार्मिक, पर्यटन तथा सांस्कृतिक महत्वका विषय छन् । जसको प्रवद्र्धनबाट पर्यटक भित्र्याउने हाम्रो लक्ष्य छ । स्वास्थ्य, शिक्षा, बजार विकास, खेलकुद, बाटोघाटो, कृषि, फोहोर व्यवस्थापन जस्ता विषय हाम्रो प्राथमिकतामा छ । यसैलाई उत्कृष्ट बनाएर पर्यटकीय हिसाबले नगरपालिकालाइ चिनाउनेछौं ।

स्थानीय तहको स्रोत वृद्धि गर्न के गरिरहनुभएको छ ?

पर्यटन क्षेत्र प्रवद्र्धन गरी सोही क्षेत्रबाट आय स्रोत वृद्धि गर्न लागिपरेका छौं ।

तपाईं निर्वाचित भएपछि देखिने गरी के काम गर्नुभएको छ ?

म नगर प्रमुख भएपछि देखिने र जनजीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने कार्य गरेको छु । जसमध्ये भूमि आयोगमार्फत ऐलानी जग्गा नम्बरी बनाउने, लालबन्दीवाट दुम्जा जोड्ने सडकलाई लालबन्दीबाट सम्पन्न गर्ने कार्य अगाडि बढाउन पहल गर्ने काम भएको छ । त्यस्तै, खेलकुद रंगशाला निर्माण, कृषि क्याम्पस स्थापना, क्षेत्रीयस्तरको अस्पताल निर्माण, औद्योगिक ग्राम स्थापना, वैदेशिक रोजगार तालिम केन्द्र स्थापना लगायत काम भएको छ । थप अन्य कार्यक्रममार्फत नगरको सेवामा लागिपरिरेछु ।

प्रतिक्रिया दिनुहोस्