३५ किलो चाँदीका गहनासहित तीन जना पक्राउ



विराटनगर।

विराटनगरमा सुनचाँदी चोरीमा संलग्न तीनजना पक्राउ परेका छन् । मोरङ प्रहरीले विराटनगरबाट पक्राउ पर्नेको साथबाट चोरी गरेको ३५ केजी चाँदीका गरगहना बरामद गरेको छ ।

मोरङ प्रहरीले बुधबार राति चाँदीका गरगहनासहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा विराटनगर १२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र २२ वर्षीय श्रीकान्त दास रहेको मोरङ प्रहरीका एसपी दीपक पोखरेलले जानकारी दिए ।

सुन, भारु २५०० नेपाली रुपैयाँ एक हजार ७३० र दुई थान मोबाइल बरामद गरेपनि २० तोला सुन उनीहरूले यसअघि नै भारतीय बजारमा लगेर बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

लगातार ७ दिनको अनुसन्धान र निगरानीको माध्यमबाट उनीहरूलाई विराटनगर १२ मा रहेको कोशी प्रोजेक्ट सडक खण्डबाट पक्राउ गरेको पोखरेलले बताए ।

पक्राउ परेका तीनै जना चोरी कार्यमा यसअघि पनि सजाय भुक्तान गरी जेलबाट छुटेका थिए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्